ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मातृभाषामा पत्रकारिता लोकतन्त्र सुदृढीकरणको आधार : मन्त्री गौतम


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १ : ३५   बजे

काठमाडौं — कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रलाई सुदृढ बनाउन र नागरिकलाई राज्यका कामकारबाहीबारे सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

सोमबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति संरक्षणमा आदिवासी तथा विभिन्न समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा आयोजित सम्मेलनमा उनले राज्यका कामकारबाही तथा सार्वजनिक सूचना हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको बताइन्।

‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ,’ उनले भनिन्, ‘नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो।’

राज्य र नागरिकबीच रहेको सूचनाको दूरी कम गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। उनले मिथिला क्षेत्रदेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यका गतिविधि र निर्णयबारे जानकारी पाउने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

‘जब नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचनाहरू प्राप्त गर्छन्, तब मात्र लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ,’ मन्त्री गौतमले भनिन्।

भाषा संरक्षणका लागि त्यसलाई घर र समुदायमा मात्र सीमित नराखी सञ्चारमाध्यममार्फत निरन्तर प्रयोगमा ल्याउनुपर्ने उनले बताइन्।

‘भाषा केवल घर वा समुदायमा बोलेर मात्र जोगिँदैन, यसलाई सञ्चारमाध्यमका माध्यमबाट प्रयोगमा ल्याउँदा मात्र जीवन्त राख्न सकिन्छ। भाषा बाँच्नु भनेको हाम्रो सभ्यता र पुर्खाको ज्ञान बाँच्नु हो,’ उनले भनिन्।

मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गर्ने सञ्चारकर्मीहरूले भोग्दै आएका समस्या र चुनौतीप्रति सरकार सकारात्मक रहेको बताइन्। यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक कामबारे ठोस प्रस्ताव सरकारसमक्ष पेश गर्न उनले पत्रकारहरूलाई आग्रह गरिन्।

भाषा संरक्षणसँगै मातृभाषाका पत्रकारको वृत्तिविकास र क्षमता अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय सम्मेलनले विभिन्न देशमा मातृभाषा पत्रकारिताका क्षेत्रमा भइरहेका अभ्यास, उपलब्धि र चुनौतीबारे अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने उनले बताइन्। यस्ता अनुभवले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम तय गर्न सरकारलाई समेत मार्गनिर्देशन गर्ने उनको अपेक्षा थियो।

विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको सहभागिता रहेको सम्मेलनले मातृभाषामा हुने पत्रकारितालाई थप सशक्त र प्रभावकारी बनाउँदै नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत मन्त्री गौतमले व्यक्त गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

गिट्टी–बालुवा उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग

सम्बन्धित

मानव बेचबिखन र जबर्जस्ती करणीका फरार अभियुक्त कतारबाट पक्राउ

ईभीको भविष्य ब्याट्रीमा निर्भर, सोलिड–स्टेटदेखि अल्ट्राफास्ट चार्जिङसम्म प्रतिस्पर्धा

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu