ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत, मेलमिलापदेखि बालश्रम नियन्त्रणसम्म


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : २५   बजे

काठमाडौं । सरकारले आज प्रतिनिधिसभा बैठकमा तीन वटा महत्वपूर्ण विधेयक प्रस्तुत गरेको छ। कर्मचारी सञ्चय कोष, मेलमिलाप प्रक्रिया तथा बालश्रमसम्बन्धी कानुनी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्यसहित तीन विधेयक सदनमा पेस गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरे।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन्। उनका अनुसार प्रस्तावित संशोधनले विवाद समाधानका लागि खटिने मेलमिलापकर्ताको संख्या निर्धारण गर्ने प्रक्रियालाई थप सरल बनाउनेछ।

विधेयकले मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने प्रस्तावसमेत गरेको छ। त्यसअनुसार प्रदेश मेलमिलाप समन्वय समिति र जिल्ला मेलमिलाप समन्वय समिति गठन गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

मन्त्री गौतमले मेलमिलाप प्रक्रियालाई थप छरितो र प्रभावकारी बनाउँदै अदालतमा पुग्ने विवाद तथा मुद्दाको चाप घटाउन विधेयक महत्वपूर्ण हुने बताइन्।

यसैगरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरेका छन्।

मन्त्री यादवका अनुसार विधेयकले बालश्रमलाई प्रभावकारी रूपमा निषेध गर्दै बालबालिकालाई शिक्षा तथा सीप विकासका अवसरमा सहभागी गराउने उद्देश्य राखेको छ।

सरकारले यी विधेयकमार्फत सार्वजनिक सेवासँग सम्बन्धित संस्थागत व्यवस्थामा सुधार, विवाद समाधान प्रक्रियाको प्रभावकारिता वृद्धि तथा बालअधिकार संरक्षणलाई कानुनी रूपमा थप बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्राथमिकतामा ७८ विधेयक, १० वटा संसद्मा दर्ता

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको प्राथमिकतामा ७८ विधेयक, १० वटा संसद्मा दर्ता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजपत्र जले

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu