ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई २८ गतेसम्म निकास दिन सभापति थापालाई मोहन बस्नेतको अल्टिमेटम


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएको वर्तमान गतिरोध अन्त्य गर्दै संगठनलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले तत्काल निकास दिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस सिन्धु–काठमाडौँले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टी सभापति गगन थापालाई साउन २८ गतेसम्म निकास दिन समयसीमा दिएका हुन्।

उनले निर्धारित समयभित्र पार्टीभित्रको विवाद समाधानका लागि उपयुक्त निकास नआए साउन २९ गतेदेखि कांग्रेसले नयाँ कार्यदिशा तय गर्न सक्नेचेतावनी दिए।

बस्नेतले कांग्रेस कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई पुनर्जीवित गरी बलियो, सशक्त र एकताबद्ध राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए।

“मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो,” उनले भने, “मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ।”

‘२८ गतेसम्म निकास नआए २९ गतेबाट नयाँ कार्यदिशा’

नेता बस्नेतले पार्टी सभापति थापाले तोकिएको समयभित्र निकास दिन नसके कांग्रेसले नयाँ राजनीतिक तथा सांगठनिक कार्यदिशा अवलम्बन गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

“यदि २८ गतेसम्म गगन थापा जीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिन सक्छ, त्यो २९ गतेबाट सुरु हुन्छ,” उनले भने।

उनको अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किन सक्ने संकेत गरेको छ। पार्टी नेतृत्वले समयमै सहमतिको बाटो नखोजे संगठनभित्र नयाँ ध्रुवीकरणको सम्भावनासमेत देखिएको छ।

‘कांग्रेस फुटाउन होइन, बलियो बनाउन अभियान’

बस्नेतले देशभरका युवा कांग्रेस कार्यकर्तालाई आ–आफ्ना जिल्लामा एकीकृत भएर संगठन सुदृढीकरणको अभियान अघि बढाउन आह्वान गरे।

उनले आफूहरूको अभियान पार्टी विभाजनका लागि नभई कांग्रेसलाई थप बलियो र एकताबद्ध बनाउन केन्द्रित रहेको दाबी गरे।

“कांग्रेस फुटाउन होइन, कांग्रेसलाई अझ बलियो र एकतावद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहनुभएको छ,” उनले भने।

निर्धारित समयभित्र पार्टीभित्र निकास ननिस्किए नयाँ कार्यदिशाका लागि दबाब सिर्जना हुन सक्ने संकेत गर्दै उनले देशभर भइरहेको संगठन सुदृढीकरण अभियानलाई जिल्लास्तरसम्म एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए।

‘कांग्रेसले आन्तरिक रूपमा सशक्त भूमिका खेल्नुपर्छ’

वर्तमान राजनीतिक चुनौतीको सामना गर्न कांग्रेसले संगठनभित्रैबाट सशक्त भूमिका निर्वाह गर्नुपर्ने बस्नेतको भनाइ छ।

उनले देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र प्रभावकारी राजनीतिक शक्तिका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।

बस्नेतको पछिल्लो अभिव्यक्ति कांग्रेसभित्र नेतृत्व, संगठन सञ्चालन र आगामी राजनीतिक दिशालाई लिएर बढिरहेको असन्तुष्टिको सार्वजनिक अभिव्यक्तिका रूपमा आएको छ। २८ गतेसम्मको समयसीमा र त्यसपछि घोषणा गरिने भनिएको ‘नयाँ कार्यदिशा’ ले कांग्रेसको आन्तरिक शक्ति समीकरणमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian Orthodox Leader Condemns Ukrainian Drone Strike on Church

Navy Son’s Return Delayed As Father Detained By Border Patrol

China’s Foreign Minister Meets With Jordanian Counterpart During Royal Visit

Retired U.S. Teacher Reconnects with Chinese Friend After Decades, Revives Desert Greening Effort

Two Children Killed in Drone Strike on Russian Childcare Center

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu