काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ थियो।
यसअनुसार एकैदिन सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्