ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ सार्वजनिक


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १ : ५५   बजे

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ सार्वजनिक गरिएको छ। नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले उक्त विद्युतीय पिकअप नेपाली बजारमा सार्वजनिक गरेको हो।

आधुनिक डिजाइन, उच्च क्षमताको ब्याट्री तथा प्रिमियम सुविधासहितको ‘यूनाइन’ बजारमा आएसँगै नेपालमा विद्युतीय पिकअप सेग्मेन्टमा प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ। विद्युतीय सवारीसाधनप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई लक्षित गर्दै एमजी यूनाइनले प्रिमियम पिकअप बजारमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

प्यारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोको हल ‘बी’, स्टल नम्बर एल–२ मा एमजी यूनाइन प्रदर्शनीमा राखेको जनाएको छ।

एमजी यूनाइनमा १०२.२ किलोवाट–आवरको एलएफपी ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा डब्लुएलटीपी मापदण्डअनुसार ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

यसमा ३२५ किलोवाट क्षमताको डुअल मोटर जडान गरिएको छ। डीसी फास्ट चार्जिङमार्फत ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १० मिनेट लाग्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ।

यूनाइनको लम्बाइ ५ हजार ५०० मिलिमिटर, चौडाइ १ हजार ९९७ मिलिमिटर र उचाइ १ हजार ८६० मिलिमिटर छ। ३ हजार ३०० मिलिमिटर ह्वीलबेस रहेको यस पिकअपमा २२० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० इन्चका पाङ्ग्रा छन्। डबल–क्याब पिकअपको पेलोड क्षमता १ हजार १०० किलोग्राम रहेको कम्पनीले जनाएको छ।

एमजी यूनाइनमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, आठ स्पिकरसहितको जेबीएल अडियो सिस्टम र ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छ।

फ्ल्यागशिप भेरियन्टमा चालकको सिटमा आठ–वे इलेक्ट्रिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज तथा मेमोरी फङ्सनलगायतका सुविधा उपलब्ध छन्। यसले पिकअपलाई व्यावसायिक प्रयोजनसँगै व्यक्तिगत तथा लाइफस्टाइल प्रयोगका लागि पनि लक्षित गरिएको देखिन्छ।

सुरक्षाका लागि यूनाइनमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टलगायतका एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) उपलब्ध छन्।

एमजी यूनाइनमा भी२एल (भेहिकल–टु–लोड) प्रविधि पनि उपलब्ध छ। यसमार्फत गाडीको ब्याट्रीबाट विभिन्न विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।

उच्च ग्राउन्ड क्लियरेन्स, ठूलो पेलोड क्षमता र विद्युतीय ड्राइभट्रेनका कारण यूनाइनले नेपाली बजारमा व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा साहसिक यात्रासम्मका ग्राहकलाई लक्षित गर्ने देखिन्छ। यसको आगमनसँगै नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय पिकअप बजारमा नयाँ प्रतिस्पर्धा थपिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको निर्देशन : रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई आग्रह

रसुवा बाढीको रहस्य अझै खुल्न सकेन, चीन पक्ष पनि कारणबारे अनविज्ञ

सम्बन्धित

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

रसुवाको बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान (भिडियो)

वन तथा कृषि उद्यममा निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu