ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाको ब्याजदर निर्धारणमा नयाँ व्यवस्था


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ३५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने कम्पनीहरूले निर्धारण गर्ने ब्याजदर, पेनाल ब्याज र सेवा शुल्कसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ मा छैटौँ संशोधन, २०८३ जारी गर्दै कर्जा प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउन नयाँ मापदण्ड लागू गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब हायर पर्चेज कम्पनीहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा ‘कस्ट अफ फन्ड’लाई आधार मान्नुपर्नेछ। कस्ट अफ फन्ड निर्धारण गर्दा कम्पनीको स्वपुँजीको लागत र ऋणबाट प्राप्त कोषको भारित लागतलाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ।

यसरी निर्धारण गरिएको ब्याजदरको विवरण कम्पनीले तीन दिनभित्र राष्ट्र बैंकको सुपरिवेक्षण विभागलाई जानकारी गराउनुपर्नेछ।

कम्पनीहरूले ग्राहकलाई प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गरी प्रकाशित गरिसकेपछि त्यसमा २ प्रतिशतभन्दा बढी थपघट गर्न नपाउने व्यवस्था पनि गरिएको छ। यसले ग्राहकलाई आफूले लिने कर्जाको ब्याजदरबारे स्पष्ट र पारदर्शी जानकारी प्राप्त गर्न सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।

त्यस्तै, हायर पर्चेज कर्जा सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ। म्याद नाघेको किस्ताको साँवा रकममा विलम्ब भएको अवधिका लागि तोकिएको पेनाल ब्याजदरअनुसार मात्र रकम असुल गर्न पाइनेछ।

पेनाल ब्याजमा पुनः ब्याज लगाएर रकम असुल गर्नसमेत कम्पनीहरूलाई रोक लगाइएको छ। यस व्यवस्थाले कर्जा भुक्तानीमा ढिलाइ गर्ने ग्राहकबाट असुल गरिने अतिरिक्त शुल्कलाई निश्चित सीमाभित्र राख्नेछ।

हायर पर्चेज कम्पनीहरूले कर्जा स्वीकृत गर्दा सेवा शुल्कबापत स्वीकृत कर्जाको अधिकतम १ प्रतिशतसम्म मात्र ग्राहकबाट लिन पाउने भएका छन्। यद्यपि, ग्राहकको आवश्यकताअनुसार अन्य संस्था वा निकायमार्फत सेवा लिँदा लागेको वास्तविक लागतभन्दा बढी नहुने गरी सेवा शुल्क लिन भने बाधा नपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले संशोधित व्यवस्थामार्फत हायर पर्चेज कर्जा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र ग्राहकहितमैत्री बनाउने लक्ष्य लिएको छ। ब्याजदर निर्धारणमा स्पष्ट आधार, पेनाल ब्याजमा सीमा तथा सेवा शुल्कमा अधिकतम सीमा तोकिएपछि कर्जाग्राहीमाथि हुने अतिरिक्त वित्तीय भार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

गाउँबेँसी थकाली भान्साघरमा जुवा खेलिरहेका १६ जना पक्राउ, १३ लाखभन्दा बढी बरामद

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

निसानको नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक, मूल्य ५१ लाख २९ हजार

ग्लोबल आइएमई बैंकको अटो एक्स्पो अफर : ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा

नेप्से सामान्य अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

अग्नि मोटोइंकले ल्यायो बिगसका दुई प्रिमियम विद्युतीय स्कुटर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu