काठमाडौं, । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत समाजशास्त्र विषयको प्राध्यापक (आन्तरिक) प्रतिस्पर्धाको नतिजा प्रकाशनमा ढिलाइ गरेको छ।
विज्ञापन नम्बर ५७०/०८१/८२ अन्तर्गत समाजशास्त्र विषयका दुई प्राध्यापक पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारमा चिरञ्जीवी आचार्य, मृगेन्द्रबहादुर कार्की, पासाङ शेर्पा, रामबहादुर केसी, शुक्रराज अधिकारी र टीकाराम गौतम रहेका छन्।
उम्मेदवारहरूको अन्तर्वार्ता साउन १९ गते सम्पन्न भए पनि हालसम्म नतिजा सार्वजनिक नभएको उनीहरूको गुनासो छ।
समाजशास्त्रभन्दा पछि अन्तर्वार्ता लिइएका विभिन्न विषयका प्राध्यापक पदको नतिजा सार्वजनिक भइसकेको भए पनि समाजशास्त्रको नतिजा भने प्रकाशन नभएको उम्मेदवारहरूले बताएका छन्।
सामान्यतः अन्तर्वार्ता सम्पन्न भएपछि छिट्टै नतिजा सार्वजनिक गर्ने प्रचलन रहे पनि समाजशास्त्रको नतिजामा अस्वाभाविक ढिलाइ भइरहेको एक उम्मेदवारले बताए।
नतिजा प्रकाशनमा भइरहेको ढिलाइले प्राध्यापक नियुक्ति प्रक्रिया प्रभावित हुनुका साथै पठनपाठन र विश्वविद्यालयका अन्य व्यवस्थापकीय काममा समेत असर पर्न सक्ने उम्मेदवारहरूको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्