ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ०५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। लामिछाने निकट एक नेताका अनुसार उनको आठदिने चीन भ्रमण भदौ ७ देखि १४ गतेसम्म अर्थात् अगस्ट २३ देखि ३० सम्म हुने तय भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलोपटक चीन भ्रमणमा जान लागेका हुन्। रास्वपाले सत्ता सम्हालेपछि उनले यसअघि भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँचदिने भारत भ्रमण गरेका थिए।

गत जेठ १९ देखि २३ गतेसम्म भएको भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।

सी चिनफिङसँग भेटको सम्भावना न्यून

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग लामिछानेको भेट हुने सम्भावना न्यून देखिएको छ। प्रारम्भिक कार्यतालिकामा सीसँग भेटवार्ताको कार्यक्रम समावेश छैन।

भ्रमणबारे जानकार अधिकारीका अनुसार चिनियाँ प्रोटोकलअनुसार राष्ट्रपति वा सरकार प्रमुखसँग राष्ट्रप्रमुखस्तरमा भेटवार्ता हुने भएकाले लामिछानेको सीसँग भेट हुने सम्भावना कम रहेको हो।

चिनियाँ नेतासँग भेटवार्ता

बेइजिङमा लामिछानेले चीनका उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम लगभग तय भएको जनाइएको छ।

उनको पहिलो भेट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुने बताइएको छ। लिउकै निमन्त्रणामा लामिछाने चीन भ्रमणमा जान लागेका हुन्।

लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौड्यालसमेत सहभागी हुने जनाइएको छ।

बेइजिङपछि लामिछानेको टोली तिब्बतस्थित कैलाश मानसरोवरसमेत जाने कार्यक्रम रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Zambia Votes Amid Economic Concerns as Reforms Face Public Test

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

West Bank Violence Escalates as UN Warns of ‘Breaking Point’

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

कालीमाटीमा केही तरकारीको भाउ घट्यो, च्याउ र साग महँगियो

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu