ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालढुङ्गा पुलको जगमा नदी कटान, आवागमन जोखिममा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ०५   बजे

बागलुङ । कालीगण्डकी नदीको कटानले बागलुङको प्रवेशद्वार मानिने मालढुङ्गा पुल जोखिममा परेको छ। पुलको पर्वततर्फको मुख्य पिलरको जगमा लगातार पहिरो जाँदा पुलको सुरक्षामाथि चिन्ता बढेको हो।

बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलको जगमा अविरल वर्षापछि बढेको कालीगण्डकीको बहावले कटान गरेको सडक डिभिजन कार्यालयले जनाएको छ। गत बिहीबारदेखि पुलको जग क्षेत्रमा क्षति देखिन थालेको र अहिले माटो खसिरहेको बताइएको छ।

करिब तीन दशकअघि निर्माण भएको यो पुल मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्छ। नदीको धार परिवर्तन र कटानका कारण पुल यसअघि पनि जोखिममा पर्दै आएको थियो।

पुलको प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालयले थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको छ। कार्यालय प्रमुख इञ्जिनियर हरि सुवेदीका अनुसार अहिले नदीको बहाव उच्च रहेकाले तत्काल मर्मत गर्न सम्भव छैन। पानीको सतह घटेपछि क्षतिको विस्तृत अध्ययन गरी मर्मत तथा संरक्षणको काम अघि बढाइनेछ।

पुलको जग संरक्षणका लागि निर्माण गरिएको पर्खालसमेत भत्किएपछि सवारी आवागमनमा जोखिम बढेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सावधानी अपनाएर सञ्चालन गर्न दिइएको जनाएको छ।

नदी दोहनले थप जोखिम

सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लोतर्फ ५०० मिटर र तल्लोतर्फ एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था छ। तर, पुल आसपास नदीजन्य सामग्री उत्खनन तथा नदी दोहन भइरहेको भन्दै कार्यालयले यसले पुलसँगै मालढुङ्गा बस्तीसमेत थप जोखिममा परेको जनाएको छ।

डिभिजन सडक कार्यालय पोखराका इञ्जिनियर अमर अधिकारीका अनुसार नदीको बहाव घटेपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरिनेछ। त्यसपछि पुलको जग संरक्षण र थप क्षति रोक्न आवश्यक मर्मत तथा संरचनागत काम अघि बढाइनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Spain Over Ceuta’s Ongoing Migration Crisis

Xi Jinping Calls for Deepening China-Egypt Cooperation, Proposes New Mideast Security Architecture

Xi Concludes State Visit to Egypt with Cooperation Agreements

Xi Jinping Tours Grand Egyptian Museum With El-Sisi

China Launches Multi-Pronged Rescue Mission After Deadly Mudslide

Lawmakers Press Army on Drone Unit Cancellation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu