काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा प्रभातफेरी आयोजना गरेको छ।
ऐतिहासिक वसन्तपुर डबलीबाट सुरु भएको प्रभातफेरी न्युरोड गेट र रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर औपचारिक सभामा परिणत भएको थियो।
प्रभातफेरीमा गुरुङ, मगर, तामाङ, थारू, राई, शेर्पा, लिम्बू तथा नेवा पत्रकार संघका प्रतिनिधिको सहभागिता रहेको थियो।
फोनिजले स्थापना दिवसको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ। यसैक्रममा साउन २५ गतेदेखि ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६’ आयोजना गरिएको थियो।
सम्मेलन तथा स्थापना दिवसका कार्यक्रममार्फत मातृभाषामा पत्रकारिताको प्रवर्द्धन र आदिवासी जनजाति पत्रकारको भूमिका तथा अधिकारका विषयमा छलफल भइरहेको फोनिजले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्