ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देशभर मनसुनी प्रभाव, काठमाडौँमा साँझपख क्षणिक वर्षाको सम्भावना


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : १५   बजे

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। तीमध्ये केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौँमा साँझपख पानी पर्ने सम्भावना

काठमाडौँ उपत्यकामा आज विशेषगरी साँझपख क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् डेभिड ढकालका अनुसार दिउँसो ३–४ बजेपछि उपत्यकामा बादल बढ्दै गएर हल्कादेखि कतिपय स्थानमा मध्यम वर्षा हुन सक्छ। यद्यपि लगातार ठूलो वर्षा हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो।

काठमाडौँको अधिकतम तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। मंगलबार उपत्यकाको अधिकतम तापक्रम सन् २०२६ यताकै उच्च ३२.३ डिग्री सेल्सियस पुगेको थियो।

वर्षाको मापन

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा भनिन्छ।

त्यस्तै १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ।

केही जिल्लामा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्नेछ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले स्थानीय बासिन्दालाई नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

‘थोरै’ र ‘केही स्थान’को अर्थ

मौसमविद्का अनुसार १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतमा ‘थोरै स्थान’ र ३० देखि ५० प्रतिशतमा ‘केही स्थान’ मा वर्षा हुने भनिन्छ।

त्यस्तै ५० देखि ८० प्रतिशत भूभागमा वर्षाको सम्भावना भए ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढीमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने गरिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Spain Over Ceuta’s Ongoing Migration Crisis

Xi Jinping Calls for Deepening China-Egypt Cooperation, Proposes New Mideast Security Architecture

Xi Concludes State Visit to Egypt with Cooperation Agreements

Xi Jinping Tours Grand Egyptian Museum With El-Sisi

China Launches Multi-Pronged Rescue Mission After Deadly Mudslide

Lawmakers Press Army on Drone Unit Cancellation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu