काठमाडौँ । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।
कोइराला बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवास पुगेर आगामी साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन निमन्त्रणा दिएका हुन्।
कोइरालाको निमन्त्रणालाई खड्काले सकारात्मक रूपमा लिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
यसअघि संयोजक कोइरालाले कांग्रेस सभापति गगन थापालाई पत्र पठाउँदै सर्वोच्च अदालतमा विचाराधीन विषयको अन्तिम टुंगो नलागेसम्म आगामी महाधिवेशनलगायत पार्टीका गतिविधि अघि नबढाउन आग्रह गरेका थिए।
राष्ट्रिय भेलालाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक दिशा तथा आगामी महाधिवेशनलगायत विषयमा छलफल गर्ने थलोका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्