ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी किनारको पहिरो : बेनी–जोमसोम–कोरला सडकमा यातायात चुनौती


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : १५   बजे

म्याग्दी । रघुगंगा गाउँपालिका–२ सिरुवारी क्षेत्रमा खस्ने पहिरोका कारण चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा बर्खायाममा नियमित यातायात सञ्चालन गर्न कठिनाइ भएको छ।

कालीगण्डकी नदी किनारको पाखोमा सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको स्थानीयवासीले बताएका छन्। पहिरोका कारण सडक पटक–पटक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

नदी कटानले कमजोर बनेको पाखो

स्थानीयवासीका अनुसार कालीगण्डकी नदीको निरन्तर कटानका कारण सिरुवारी क्षेत्रको पाखो कमजोर बनेको छ। त्यसैले ठूलो वर्षा नहुँदा पनि माटो तथा ढुंगा खस्ने गरेको हो।

बर्खायाममा यो क्षेत्र पहिरोको उच्च जोखिममा रहने भएकाले सडक अवरुद्ध हुने समस्या हरेक वर्ष दोहोरिने गरेको स्थानीयको भनाइ छ।

महत्वपूर्ण व्यापारिक मार्ग प्रभावित

बेनी–जोमसोम–कोरला सडकखण्ड उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण मार्ग भएकाले यहाँको यातायात अवरोधले यात्रु आवागमनसँगै मालसामान ढुवानीमा समेत असर पर्ने गरेको छ।

सिरुवारी क्षेत्रमा पहिरो खस्दा केही समय सवारीसाधन रोकिएपछि यात्रु तथा चालकहरू समस्यामा पर्ने गरेका छन्। सडक खुलाउन तत्काल पहिरो हटाउने प्रयास गरिए पनि वर्षा जारी रहँदा समस्या पुनः दोहोरिने गरेको बताइएको छ।

पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय नअपनाइए आगामी दिनमा सडक अवरोधसँगै जनधनको जोखिमसमेत बढ्न सक्ने स्थानीयवासीको चिन्ता छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बडिगाडमा पहिरोको त्रास : गत वर्षको घाउ निको नहुँदै फेरि उच्च जोखिममा दर्जनौँ घर

China Marks 81st Anniversary of Victory Against Japanese Aggression

China Urges ROK to Uphold One-China Principle with Concrete Actions

China Unveils Five-Year Plan to Boost SME Development

Nepal Announces Recovery Package for Flood-Affected Businesses

Twelve Missing After Bhotekoshi Flood in Nepal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu