ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका नेपालीलाई मताधिकार: निर्वाचन आयोगले अध्ययन समिति गठन


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : २५   बजे

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अवसर प्रदान गर्न आवश्यक कानुनी र प्राविधिक सुधारबारे अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। आयोगले ती समितिहरूलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

बुधबार सम्पन्न निर्वाचन आयोगको बैठकले सो निर्णय गरेको जानकारी प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्रकार सम्मेलनमा दिएका छन्। योसँगै, विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको छ।

कानुनी अध्ययन समिति

आयोगले कानुनसम्बन्धी व्यवस्थाको अध्ययन गर्न आयुक्त गुरुप्रसाद वाग्लेलाई संयोजक बनाएर समिति गठन गरेको छ। सो समितिममा कानून, गृह तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्। यस समितिले विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिन आवश्यक कानुनी अड्चनहरू पहिचान गर्ने र त्यसको समाधानका लागि सिफारिस गर्ने बताइएको छ।

सूचना प्रविधि अध्ययन समिति

त्यस्तै, निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन सूचना प्रविधिको प्रयोगबाट गर्नुपर्ने सुधारबारे अध्ययन गर्न अर्का आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा दोस्रो समिति गठन गरिएको छ। यस समितिममा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र र प्रहरीको साइबर ब्यूरो लगायतका निकायका प्रतिनिधि सदस्य रहनेछन्।

समितिको कार्यक्षेत्र

सूचना प्रविधि अध्ययन समितिले निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन सूचना प्रणालीको उपयोग, मतदाता सूचीको व्यवस्थापन, मत गणना प्रक्रियामा प्रविधिको प्रयोग र सुरक्षा उपायहरूबारे सुझाव दिने जनाइएको छ। दुवै समितिले ३० दिनभित्र आफ्नो प्रतिवेदन आयोगमा पेश गर्नेछन्। त्यसपछि आयोगले प्रतिवेदनको अध्ययन गरी आवश्यक निर्णय लिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बडिगाडमा पहिरोको त्रास : गत वर्षको घाउ निको नहुँदै फेरि उच्च जोखिममा दर्जनौँ घर

China Marks 81st Anniversary of Victory Against Japanese Aggression

China Urges ROK to Uphold One-China Principle with Concrete Actions

China Unveils Five-Year Plan to Boost SME Development

Nepal Announces Recovery Package for Flood-Affected Businesses

Twelve Missing After Bhotekoshi Flood in Nepal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu