ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानदेखि उपभोक्तासम्म पाँच तहका बिचौलिया, घटाउने तयारी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ३५   बजे

काठमाडौँ । किसानदेखि उपभोक्तासम्म कृषि उपज पुग्दा आपूर्ति शृंखलामा पाँच तहसम्मका बिचौलिया संलग्न रहेको कार्यदलले प्रारम्भिक अध्ययनबाट पत्ता लगाएको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले आपूर्ति शृंखला सुधारको तयारी थालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा गठित कार्यदलले कृषि, वन तथा वातावरण मन्त्रालयलगायत सम्बन्धित सरोकारवालासँग छलफल गर्दै कृषि उपजको बजार व्यवस्थापन र मूल्य अन्तर घटाउने उपायबारे अध्ययन गरिरहेको छ।

कृषि विभागका उपमहानिर्देशक डा. दिवसराज विष्टको संयोजकत्वमा गठित कार्यदलले हालसम्म गरेको प्रारम्भिक अध्ययनमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा पाँच तहसम्मका बिचौलिया संलग्न हुने गरेको देखिएको हो। सरकारले यस्तो तहलाई घटाएर दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ।

किसानको मूल्य ३० प्रतिशतसम्म बढ्ने अनुमान

आपूर्ति शृंखला सुधारसम्बन्धी सिफारिस कार्यान्वयन गर्न सके किसानले आफ्नो उत्पादनबाट प्राप्त गर्ने मूल्यमा ३० प्रतिशतसम्म वृद्धि हुन सक्ने कार्यदलको अनुमान छ।

यसका लागि कार्यदलले देशका १२ प्रमुख कृषि बजार तथा उत्पादन क्षेत्रमा स्थलगत रूपमा तथ्यांक संकलन गरिरहेको छ। संकलित तथ्यांकका आधारमा कृषि उपजको मूल्य निर्धारण, ढुवानी, भण्डारणदेखि उपभोक्तासम्म पुग्ने प्रक्रियाको अध्ययन गरिनेछ।

बजारमुखी उत्पादनमा जोड

कार्यदलले बजारको मागअनुसार खेती गर्ने प्रणाली विकास गर्न सुझाव दिने तयारी गरेको छ। त्यस्तै, कृषि उपजको भण्डारण, प्रशोधन, प्याकेजिङ तथा उत्पादनपछिको नोक्सानी घटाउने उपायलाई पनि प्राथमिकतामा राखिनेछ।

किसानलाई बजारको माग र मूल्यबारे समयमै जानकारी उपलब्ध गराउन बजार सूचना प्रणाली विकास गर्ने विषयमा समेत कार्यदलले सुझाव दिनेछ।

खेतदेखि घरसम्म सिधा आपूर्ति

सरकारले कृषि उपज खेतबारीबाट सिधै उपभोक्ताको घरसम्म पुर्‍याउने प्रणाली विकास गर्न नयाँ प्रविधि र डेलिभरीसम्बन्धी स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

यसबाट अनावश्यक बिचौलियाको तह घट्नुका साथै किसानले बढी मूल्य पाउने र उपभोक्ताले तुलनात्मक रूपमा सस्तोमा कृषि उपज प्राप्त गर्ने अपेक्षा गरिएको छ।

एक महिनाभित्र प्रतिवेदन

कार्यदलले पछिल्लो १५ दिनदेखि स्थलगत तथ्यांक संकलन गरिरहेको जनाएको छ। अध्ययन तथा तथ्यांक संकलन पूरा गरी आगामी एक महिनाभित्र नीतिगत निर्णय र कार्यान्वयनका ठोस उपायसहित प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी जडानसम्बन्धी सर्वोच्च अदालतमा रिट दायर

प्रतिबन्धित रातो जंगली च्याउसहित १ जना पक्राउ

राष्ट्र बैंक भन्छ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सामान्य

थाइल्यान्डबाट पार्सलमा आएको ३.२ किलो गाँजा बुझ्न पुगेका दुई युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu