ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एभरेस्ट महिला भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्सको औपचारिक घोषणा गरिएको छ ।

सुदूरपश्चिम रोयल वारियर्सको सहभागिताले नेपालमा व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ ।

फ्रेन्चाइजको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र श्कुमार भण्डारीसँग रहेको छ ।

फ्रेन्चाइज स्वामित्व समूहका तर्फबाट सञ्जीप शाहीले सुदूरपश्चिममा भलिबलप्रति ठूलो प्रतिभा र उत्साह भए पनि राष्ट्रिय महिला भलिबल लिगमा आफ्नै फ्रेन्चाइज टोलीमार्फत प्रतिनिधित्व हुन नसकेको बताए ।

उनले सुदूरपश्चिमको शक्ति र पहिचानलाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलालाई भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्नु टोलीको मुख्य उद्देश्य रहेको बताए ।

एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले ईडब्ल्यूभीको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताइन् ।

उनले नयाँ टोलीको प्रवेशले महिला भलिबलको विकाससँगै देशका विभिन्न क्षेत्रका प्रतिभालाई राष्ट्रिय मञ्चमा ल्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

एन्फा निलम्बनबारे राखेप बैठकमा सामान्य जानकारी मात्रै, तदर्थ समिति गठन तत्काल रोकियो

डिकवेलाले लुम्बिनीबाटै एनपीएल खेल्ने

लुम्बिनी लायन्सले निरोशन डिकवेलालाई फेरि भित्र्यायो, एनपीएलमा निरन्तरता दिने

एभरेस्ट महिला भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’

एसियाडमा नेपाली महिला भलिबलको लक्ष्य–क्वार्टरफाइनलमा पुग्ने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय, मंसिर १६ देखि २९ गतेसम्म हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu