ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितजंग बस्नेतको चेतावनी : ‘एकताको आधार नबने अर्को पार्टी बनाउनुपर्ने अवस्था आउन सक्छ’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता जितजंग बस्नेतले पार्टी एकताका लागि वैचारिक तथा सैद्धान्तिक आधार तय हुन नसके कांग्रेसभित्रैबाट अर्को राजनीतिक पार्टी निर्माण गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले लोकतान्त्रिक समाजवाद, राष्ट्रियता, प्रजातन्त्र र बीपी कोइरालाको विचारधारालाई कांग्रेस एकताको आधार बनाउनुपर्ने बताए।

“लोकतान्त्रिक समाजवाद छाडेर पार्टी एकता हुन सक्दैन,” बस्नेतले भने, “राष्ट्रियता र प्रजातन्त्रको विषयमा कुरा नगरी बीपीवादलाई छाड्ने हो भने पनि पार्टी एकता सम्भव छैन।”

उनले कांग्रेसको वैचारिक आधार नै कमजोर बनाउने प्रयास भए पार्टी एकताको अर्थ नहुने बताए। उनका अनुसार कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्व र संगठनको विषयसँगै पार्टीको मूल विचार र सिद्धान्तप्रति स्पष्ट प्रतिबद्धता आवश्यक छ।

बीपी र गणेशमानप्रति ‘शत्रुतापूर्ण व्यवहार’ भएको आरोप

बस्नेतले कांग्रेसभित्र पार्टीका संस्थापक नेता बीपी कोइराला र गणेशमान सिंहप्रति सम्मानजनक व्यवहार हुन नसकेको आरोप लगाए।

उनले बीपी र गणेशमानको राजनीतिक योगदानमाथि प्रश्न उठाउने तथा उनीहरूप्रति नकारात्मक धारणा राख्ने व्यक्तिहरूलाई समेत पार्टीको वरिष्ठ जिम्मेवारी दिइएको भन्दै आपत्ति जनाए।

“कांग्रेसमा नेता नै नभएजस्तो बीपी र गणेशमानलाई फाँसी दिनुपर्छ भन्ने सोच राख्ने व्यक्तिलाई वरिष्ठ नेता बनाइएको छ,” उनले भने।

यस्ता गतिविधि निरन्तर भइरहे पार्टीभित्रै गम्भीर राजनीतिक विभाजनको अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी थियो।

“यदि यस्ता गतिविधि जारी रहे भने हामीलाई अर्को पार्टी बनाउने परिस्थिति आउन सक्छ,” बस्नेतले भने।

एकताका लागि वैचारिक स्पष्टता आवश्यक

बस्नेतले कांग्रेसभित्रको एकता केवल पद र नेतृत्व बाँडफाँटबाट सम्भव नहुने बताए। पार्टी एकताका लागि लोकतान्त्रिक समाजवाद, राष्ट्रियता, प्रजातन्त्र र बीपीको विचारलाई साझा आधार बनाउनुपर्ने उनको भनाइ छ।

उनले यी आधारभूत विषयमा सहमति हुन नसके पार्टीभित्रको वर्तमान विवाद थप गहिरिन सक्ने र अन्ततः नयाँ राजनीतिक शक्ति निर्माणको अवस्था आउन सक्ने संकेत गरे।

कांग्रेसभित्र नेतृत्व, पुस्तान्तरण, विशेष महाधिवेशन तथा पार्टीको वैचारिक दिशाबारे विवाद चर्किरहेका बेला बस्नेतको यस्तो अभिव्यक्ति आएको हो।

उनको चेतावनीले संस्थापनइतर समूहभित्र पार्टी एकताका लागि केवल संगठनात्मक सहमति पर्याप्त नभई वैचारिक आधारमै समझदारी आवश्यक रहेको धारणा बलियो रहेको देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

Ukraine Recaptures Territory in Dnipropetrovsk as Russian Ballistic Strikes Escalate

Lavrov Vows Intensified Strikes Against Western Support for Ukraine

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सरकारले दुई सातामा गरेका कामको प्रगति सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu