ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी मुद्राको विनिमयदर स्थिर, डलर १ को खरिददर १५२.३९ रुपैयाँ


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ४५   बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोसहित अधिकांश प्रमुख विदेशी मुद्राको विनिमयदर आज स्थिर रहेको छ।

राष्ट्र बैंकले तोकेको दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा रहेको छ। हिजो पनि डलरको विनिमयदर यही थियो।

यसअघि गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। उक्त दर हालसम्मकै उच्च रहेको राष्ट्र बैंकको विवरणले देखाउँछ।

युरो र पाउन्डको मूल्य

आज युरो १ को खरिददर १७६ रुपैयाँ ६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा रहेको छ।

कुवेती र बहराइन दिनार

आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा रहेको छ।

बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो दिन अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलर, युरो र पाउन्ड स्टर्लिङलगायत केही मुद्राको विनिमयदर बढेको थियो।

केन्द्रीय बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि तोकिएको विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले निर्धारण गरेको दरभन्दा फरक हुन सक्नेछ।

आजका सबै विदेशी मुद्राको अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यात्रु प्रभावित

सिमलधाराको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

सम्बन्धित

दाइजोका कारण अन्याय भए सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

चिनियाँ कार उद्योगको विदेशमा आक्रामक विस्तार, घरेलु बजारमा भने बिक्री सुस्त

एआईले ट्राफिक व्यवस्थापनदेखि सवारी सुरक्षासम्म परिवर्तन ल्याउन सक्छ : सूर्यांश वैद्य

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्विरोध निर्वाचित

कांग्रेसको आर्थिक नीति समयानुकूल परिमार्जन गर्न डा. महतको प्रस्ताव

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu