रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार राति परेको अविरल वर्षापछि घरमाथिबाट पहिरो खस्दा स्थानीय अन्दाजी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरी चौकी किलाचौरमा शुक्रबार बिहान करिब ३ बजे घटनाबारे सूचना पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोलीले गुरुङलाई पहिरोले पुरिएको घरभित्र च्यापिएको अवस्थामा फेला पारेको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान
अविरल वर्षाका कारण धैरेनीमा पहिरो गएको हो । घटनास्थलको प्रारम्भिक जाँच गरिएको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्