काठमाडौं, २ बैशाख । जथाभावी हुने विरोध प्रदर्शनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध गर्नको लागि सात ठाउँ छुट्याएको छ ।
काठमाडौंका खुलामञ्च, तीनकुने खुलाचौर–कोटेश्वर, भुँइखेलचौर–भगवान पाउ, पेप्सीकोलाको खेल मैदान, सानो गौचरणको फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुला ठाउँ र सिफलचौर–गौशालामा मात्रै विरोध प्रर्दशन गर्न पाइने भएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार वैशाख १६ गतेदेखि लागू हुनेगरी काठमाडौंका सातओटा ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।
गृह प्रशासन सुधार कार्ययोजना अन्तर्गत विरोध प्रदर्शनका लागि स्थान तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्