ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति संस्थापन पक्षको आपत्ति


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति आपत्ति जनाएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले इतर समूहको भेलाबाट पारित निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। उनले इतर समूहका निर्णयलाई केन्द्रीय समितिले गम्भीर रूपमा नियालिरहेको बताए।

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्नुपर्ने प्रस्ताव गरेको भन्दै प्रवक्ता चालिसेले यस्तो व्यवस्था कांग्रेसको विधानअनुकूल नभएको दाबी गरे।

चालिसेले पार्टीभित्र अहिले विवाद नभई असन्तुष्टि मात्र रहेको दाबी गर्दै असहमति र विवादको समाधान पार्टीकै आधिकारिक फोरमबाट खोजिनुपर्ने बताए। उनले पार्टीका आन्तरिक विषयमा सार्वजनिक रूपमा समानान्तर निर्णय गर्नेभन्दा विधान र संस्थागत प्रक्रियामार्फत अघि बढ्नुपर्नेमा जोड दिए।

पार्टी नेतृत्व अदालतले चयन गर्ने विषय नभएको उल्लेख गर्दै चालिसेले नेतृत्वलाई पार्टीले नै वैधानिकता दिनुपर्ने बताए। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्व पार्टीको विधानअनुसार चयन भएको र त्यसलाई अदालत तथा निर्वाचन आयोगले समेत मान्यता दिएको उनको दाबी थियो।

संस्थापन पक्षले विशेष महाधिवेशनका क्रममा असहमति राखेका विषयलाई आगामी १५औँ महाधिवेशनमा एजेण्डाका रूपमा प्रस्तुत गर्न इतर समूहलाई आग्रह गरेको छ। चालिसेले लोकप्रिय एजेण्डासहित महाधिवेशनमा प्रतिस्पर्धा गरेर पार्टीभित्रैबाट समाधान खोज्न आग्रह गरे।

कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशनको प्रक्रिया, नेतृत्व तथा वैधानिकताका विषयमा मतभेद रहँदै आएको छ। पछिल्लो राष्ट्रिय सम्मेलनबाट इतर समूहले पारित गरेको प्रतिवेदनपछि उक्त मतभेद थप सार्वजनिक बहसमा आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Heavy Monsoon Rains Trigger Warnings Across Nepal

Escalating Violence Reported In Occupied Palestine Amid Diminished International Attention

लगातार वर्षाले ९ सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

Japan’s Economic Growth Slows, Missing Forecasts

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

Renaissance Masterpieces Stolen in Italian Museum Heist

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu