ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीबारे मन्त्री यादवको आक्रोश, ‘३५ वर्षसम्म चिन्ता किन आएन?’


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा हुने ठगी तथा शोषण नियन्त्रणका विषयमा राष्ट्रियसभामा प्रश्न उठेपछि आक्रोश व्यक्त गरेका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सरकारले गरिरहेका कामबारे प्रश्न गरेकी थिइन्। जवाफमा मन्त्री यादवले यो समस्या लामो समयदेखि रहँदै आए पनि विगत ३५ वर्षसम्म ठोस कदम नचालिएको भन्दै प्रश्न उठाए।

मन्त्री यादवले सांसद सापकोटाले उठाएको विषय गम्भीर रहेको भन्दै सरकार उनको चिन्तासँग सहमत रहेको बताए। तर, अहिले आएर मात्रै यस विषयमा गम्भीर प्रश्न उठाउनुको कारणबारे उनले प्रतिप्रश्न गरे।

“गम्भीर प्रश्नका लागि धन्यवाद। यो विषय साँच्चिकै गम्भीर छ, त्यसैले माननीयजीले राखेको चिन्तासँग सरकार सहमत छ,” मन्त्री यादवले भने, “तर, यो विषयलाई म कसरी सोचिरहेको हुन्छु भने किन यस्ता चिन्ता ३५ वर्षसम्म आएन ? यदि चिन्ता गरिएकै हो भने किन ठोस कदमहरू चालिएनन् ?”

‘३५ वर्षसम्म यो कुरा किन बल्झियो?’

मन्त्री यादवले वैदेशिक रोजगारीसँग जोडिएका समस्या लामो समयदेखि रहँदै आएको उल्लेख गर्दै विगतमा पर्याप्त काम हुन नसकेको बताए।

उनले सांसद सापकोटालाई प्रश्न गर्दै भने, “अब अचानक यो विषयमा गम्भीर भएर आउनुहुन्छ । ३५ वर्षसम्म यो कुरा किन बल्झियो ? पहिला केही काम भएन होइन र ?”

वैदेशिक रोजगारीमा हुने ठगी, शोषण तथा श्रमिकका समस्याबारे सरकार गम्भीर रहेको बताउँदै मन्त्री यादवले विगतको अवस्थाको समेत समीक्षा आवश्यक रहेको संकेत गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu