ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रद्वारा डेडिकेटेड–ट्रंकलाइन विवाद तत्काल समाधान गर्न माग


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

काठमाडौं । लामो समयदेखि समाधान हुन नसकेको डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुलसम्बन्धी विवादप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले १० वर्षसम्म पनि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद समाधान हुन नसक्नु मुलुकको कार्यक्षमतामाथि प्रश्न भएको बताए।

उनले भने, “एउटा समस्या १० वर्षसम्म समाधान हुँदैन । मुलुकको इफिसेन्सी खोइ ? यसलाई समयमा समाधान गरिदिनुपर्यो।”

विवादका कारण निजी क्षेत्रलाई नकारात्मक रूपमा हेर्ने वातावरण बनेको भन्दै श्रेष्ठले सम्बन्धित मन्त्रीलाई समस्या सही ढंगले समाधान गर्न आग्रह गरे।

भूतप्रभावी रूपमा बिल नपठाउन आग्रह

श्रेष्ठले विगतमा छुट भएको भन्दै पानी उद्योगलाई विद्युत्को बिल पठाउन थालिएको विषय पनि उठाए। उनले सरकारलाई भूतप्रभावी रूपमा महसुल असुल गर्ने काम नगर्न आग्रह गरे।

निजी क्षेत्र र सरकारबीच सहकार्यबाट ऊर्जा क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले विद्युत् क्षेत्रमा निजी लगानी विस्तारका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए।

विद्युत् खपत बढाउन निजी लगानी आवश्यक

आफ्नो समूहले करिब ५० मेगावाट विद्युत् खपत गरिरहेको उल्लेख गर्दै श्रेष्ठले सरकारले आवश्यक सहजीकरण गरे ऊर्जा क्षेत्रमा थप लगानी गर्न निजी क्षेत्र उत्साहित हुने बताए।

उनले भने, “उद्योगले पनि बिजुलीको लाभ लिन्छौँ । ५० मेगावाट जति बिजुली खपत गर्छौं । मलाई भोलिका दिनमा लगानी गर्न प्रेरणा मिल्छ कि ?”

श्रेष्ठले ऊर्जा क्षेत्रमा देखिएका विवाद समाधान गर्दै उद्योगमैत्री वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

भदौमा अधिकांश बैंकको ब्याजदर स्थिर, केहीले बचतको दर बढाए

विद्युत्मा भ्याट लगाएर सरकार गलत दिशातर्फ गइरहेको छ : कुलमान घिसिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu