काठमाडौं । फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त भएका छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजनाको आलोचना गरेको तीन सातामै लामोर बर्खास्त भएका हुन्।
फिफाका प्रवक्ताका अनुसार फिफा र लामोरबीचको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि समाप्त भएको छ। फिफाले लामोरलाई दुई वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिएको छ।
फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले सोमबार कर्मचारीलाई पठाएको इमेलमार्फत लामोर र फिफाबीच अलग हुने सहमति भएको जानकारी दिएका थिए।
लामोर नोभेम्बर २०२४ मा फिफामा आबद्ध भएका थिए। त्यसअघि उनी युइएफएका उपमहासचिव थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसै महिना मोरक्कोमा भएको वरिष्ठ अधिकारीहरूको बैठकमा इन्फान्टिनोले समर्थन पाए पनि लामोरलाई बैठकमा आमन्त्रण गरिएको थिएन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्