ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन


एबीसी न्यूज
३ बैशाख २०७५, सोमबार   २ : ०२   बजे

 

टोकियो, जापान, ३ वैशाख ।  नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले टोकियो बाहिर फुकुओकामा प्रचार अभियान चलाएको छ ।

स्थानीय कला संस्कृति र रहनसहनसँगै विश्व सम्पदा सूचीमा सूचीकृतस्थलको प्रचारप्रसारलाई राजधानी टोकियोमा सीमित गरिँदै आएको थियो । यस पटकदेखि टोकियोबाट पश्चिमतर्फ रहेको फुकुओकामा पहिलो पटक दुई दिवसीय नेपाल भेस्टिवल आयोजना गरी यसको शुरुवात गरिएको छ ।

आयोजकका अनुसार जापानी नागरिकलाई नेपालप्रति आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले राजधानी केन्द्रित प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन फुकुओकामा भेस्टिवल आयोजना गरिएको हो । यस पटकदेखि प्रत्येक नयाँ नेपाली वर्षमा फुकुओका क्षेत्रमा नेपाल फेस्टिवल गर्ने निर्णय गरिएको छ ।

विभिन्न उद्देश्यले विश्वभर छरिएका नेपालीले आफ्नो कला संस्कृतीसँगै विश्वसम्पदा सूचीमा सूचीकृत स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाएको भन्दै जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले फुकुओकावासी नेपालीले गरेको कार्यको प्रशंसा गर्नुभयो । राणाले नेपालमा लगानी भित्र्याउन यस्ता कार्यले मद्दत पुग्ने भन्दै एकजुट भएर गर्न सकिने कामलाई सबै ठाउँबाट प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रचारप्रसारको फाइदा जापानमा भएका नेपालीलाई मात्र नभएर स्वदेशका नेपालीलाई पनि हुने भएकाले हरेक वर्ष नेपाल फेस्टिवल आयोजना गर्ने निर्णय गरिएको फेस्टिवल आयोजक समिति एवं फुकुओका नेपाल सोसाइटीका पूर्वअध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

शनिबार र आइतबार भएको फेस्टिवलको १५ हजारभन्दा बढी जापानी तथा नेपालीले अवलोकन गरेका थिए । त्यहाँ नेपाली खाना, पोशाक, विप्रेषणसहित सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका जन्मदूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवनको सौराहालगायत पर्यटकीय क्षेत्रको प्रचार सामग्रीसहितका कक्ष राखिएका थिए ।

“जापानी नागरिकलाई नेपालबारे जानकारी दिन राजधानी र प्रमुख शहर केन्द्रित प्रचारप्रसार गाउँ र नगरसम्म पु¥याएका हौँ,” श्रेष्ठले भन्नुभयो । निकट भविष्यमा नागोयामा पनि नेपाल फेस्टिवल आयोजना गर्ने तयारी भइरहेको छ । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षण सहयोग अनुदानका शिक्षकदेखि इसिडी सहजकर्तासम्मको तलब बढ्यो

आज बस्दै नौ संसदीय समितिको बैठक : राष्ट्र बैङ्क ऐन संशोधनदेखि वैदेशिक सहायता लेखापरीक्षणसम्म एजेन्डा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu