ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेश आलेमगरको भनाइ : ‘लोकतान्त्रिक व्यवस्थामा धर्मसापेक्ष राष्ट्र हुन सक्दैन’


ABC NEWS
३ भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले लोकतान्त्रिक व्यवस्थामा राज्य कुनै धर्मसँग आबद्ध हुन नसक्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले लोकतन्त्रमा धर्म मान्ने वा नमान्ने अधिकार व्यक्तिमा हुने भएकाले राष्ट्रको कुनै निश्चित धर्म हुन नसक्ने धारणा राखेका हुन्।

आलेमगरले धर्म र राज्य दुवै संवेदनशील विषय भएकाले यी दुईलाई अलग राख्नुपर्ने बताए। उनका अनुसार व्यक्तिले आफ्नो धार्मिक आस्था रोज्न पाउने भए पनि राजनीतिक दल वा राज्यलाई कुनै निश्चित धर्मसँग जोड्नु लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन।

‘धर्म र राज्य संवेदनशील विषय हुन्। नेताहरूको धर्म हुन सक्छ, तर कुनै पनि पार्टीको धर्म हुन सक्दैन,’ उनले राष्ट्रियसभा बैठकमा भने।

उनले लोकतान्त्रिक व्यवस्थामा धर्मसापेक्ष राष्ट्रको परिकल्पना गर्न नसकिने दाबी गरे। विगतको निरंकुश पञ्चायती व्यवस्थासँग तुलना गर्दै उनले त्यस समयमा राज्यलाई धर्मसँग जोडिएको भए पनि लोकतन्त्रमा त्यस्तो व्यवस्था स्वीकार्य नहुने बताए।

‘लोकतान्त्रिक व्यवस्थामा धर्मसापेक्ष राष्ट्र हुन सक्दैन। निरंकुश पञ्चायतमा धर्मसापेक्ष राष्ट्र थियो,’ आलेमगरले भने।

व्यक्तिको धर्म हुन्छ, राष्ट्रको हुँदैन

आलेमगरले धार्मिक स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे। प्रत्येक नागरिकले आफ्नो इच्छाअनुसार धर्म मान्न, आस्था राख्न वा धर्म परिवर्तन गर्न सक्ने अधिकार भए पनि त्यसलाई राज्यको पहिचानसँग जोड्न नहुने उनको भनाइ छ।

उनका अनुसार लोकतन्त्रमा धार्मिक आस्था व्यक्तिको निजी अधिकार र स्वतन्त्रताको विषय हो। त्यसैले व्यक्तिको धर्म हुन सक्ने भए पनि राष्ट्र वा राज्यलाई कुनै एउटा धर्मको प्रतिनिधिका रूपमा परिभाषित गर्न नहुने उनले स्पष्ट पारे।

उनको अभिव्यक्तिले नेपालमा धर्म र राज्यको सम्बन्धबारे जारी राजनीतिक बहसलाई राष्ट्रियसभाको बैठकमै प्रवेश गराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

जेनजी आन्दोलन छानबिन आयोगप्रति सांसद शाहीको असन्तुष्टि : ‘२४ गतेको घटनाबाट पन्छियो’

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ

टाटा सिएरा ईभी नेपालमा सार्वजनिक, एकपटक चार्जमा ६६५ किलोमिटरसम्म रेन्ज

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu