ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलन छानबिन आयोगप्रति सांसद शाहीको असन्तुष्टि : ‘२४ गतेको घटनाबाट पन्छियो’


ABC NEWS
३ भदौ २०८३, बुधबार   ३ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य ललितजंग शाहीले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आयोगले भदौ २४ गते भएका घटनाको छानबिनबाट पन्छिएको आरोप लगाउँदै खेद प्रकट गरेका हुन्।

बुधबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै शाहीले भदौ २३ र २४ गतेका घटनाको समग्र छानबिनका लागि आयोग गठन गरिएको भए पनि आयोगले २४ गते भएका घटनाको छानबिन नगरेको दाबी गरे।

उनले आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले राज्यले दिएको महत्वपूर्ण जिम्मेवारीलाई गम्भीर रूपमा नलिएको आरोपसमेत लगाए।

‘२४ गतेको खोजतलास नगरेर, प्रतिवेदन पेस नगरेर उहाँ मौन बस्नुभयो, त्यसप्रति म खेद प्रकट गर्दछु,’ शाहीले भने, ‘उहाँले खाएको, पाएको सम्पूर्ण सुविधा फिर्ता गरियोस् भन्ने सरकारसँग माग गर्दछु।’

‘राज्यका धरोहरमा ठूलो क्षति भयो’

शाहीले भदौ २४ गते भएका घटनामा राज्यका महत्वपूर्ण संरचना र ऐतिहासिक सम्पत्तिमा ठूलो क्षति पुगेको दाबी गरे। उनले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयलगायत राज्यका महत्वपूर्ण संरचनामा आगजनी तथा तोडफोड भएको उल्लेख गरे।

उनका अनुसार सरकारी कार्यालयका अभिलेख नष्ट हुनुका साथै निजी क्षेत्रको सम्पत्तिसमेत ठूलो मात्रामा क्षतिग्रस्त भएको छ।

‘भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीजीको नेतृत्वमा आयोग बन्यो। त्यसले २३ गतेको आंशिक छानबिन गर्‍यो,’ शाहीले भने, ‘२४ गतेको घटनाको छानबिनबाट उहाँ पन्छिनुभयो।’

शाहीले भदौ २४ गतेको घटनालाई गम्भीर प्रकृतिको आक्रमणका रूपमा चित्रण गर्दै त्यसबाट भएको क्षति विगतको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा भएको क्षतिसँग समेत तुलना गरे।

‘त्यो आतंकवादी हमला थियो। दश वर्षे सशस्त्र युद्धमा पनि नभएको क्षति भएको छ,’ उनले भने।

आयोगको कार्यक्षेत्रमाथि प्रश्न

सांसद शाहीले आयोगलाई राज्यले ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै घटनाको पूर्ण छानबिन नगर्दा आयोगको औचित्यमाथि नै प्रश्न उठेको बताए।

उनले भदौ २४ गतेका घटनामा भएका आगजनी, तोडफोड, सरकारी अभिलेखको क्षति तथा निजी सम्पत्तिमा भएको विनाशबारे समेत तथ्य बाहिर ल्याउन आवश्यक रहेको बताए।

शाहीले आयोगबाट भएको कामको पुनरावलोकन गर्न र राज्यबाट उपलब्ध गराइएको सुविधा तथा स्रोतको समेत हिसाब हुनुपर्ने माग गरे। उनको अभिव्यक्तिले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, आयोगको कार्यक्षेत्र र प्रतिवेदनको विषयलाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

टाटा सिएरा ईभी नेपालमा सार्वजनिक, एकपटक चार्जमा ६६५ किलोमिटरसम्म रेन्ज

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सिद्धबाबा क्षेत्रमा सवारीसाधन रोकिए

सिक्री लुटपाटको आरोपमा चार जना पक्राउ, पूर्वदेखि काठमाडौंसम्म ‘चेन स्न्याचिङ’को जालो खुलेको प्रहरीको दाबी

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu