ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्री लुटपाटको आरोपमा चार जना पक्राउ, पूर्वदेखि काठमाडौंसम्म ‘चेन स्न्याचिङ’को जालो खुलेको प्रहरीको दाबी


ABC NEWS
३ भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौं । महिलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरका योगेन्द्र तामाङ ‘काले’, रामेछापका देवेन्द्र थापामगर, मिलन विक र भारतीय नागरिक संजित साम्नत रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भदौ १ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई ललितपुर प्रहरीको हिरासतमा राखेर डाँकाचोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेका संजित भारतीय नागरिक हुन्। लुटिएको सुन खरिद तथा व्यवस्थापनमा संलग्न रहेको आशंकामा उनीसहित मिलन विकलाई पक्राउ गरिएको हो।

भक्तपुरको घटनाबाट खुल्यो समूहको संलग्नता

गत असार २६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित विगमार्टनजिक मोटरसाइकलमा आएका दुई जनाले एक महिलाको गलाबाट सुनको सिक्री लुटेको सूचना प्रहरीमा पुगेको थियो।

उक्त घटनाको अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले योगेन्द्र तामाङ र देवेन्द्र थापामगरको संलग्नता रहेको निष्कर्ष निकालेको जनाएको छ।

प्रहरीका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र र रामेछापको दोरम्बा गाउँपालिका–२ का ३६ वर्षीय देवेन्द्र यसअघि पनि विभिन्न लुटपाटका घटनामा संलग्न रहेको खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूको समूहले काठमाडौं उपत्यकाबाहेक पूर्वी नेपालका विभिन्न सहरमा समेत सुनका सिक्री लुटपाट गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

धरान र इटहरीमा पनि सिक्री लुटेको प्रहरीको दाबी

प्रहरीका अनुसार योगेन्द्र र देवेन्द्रको समूहले साउन २२ गते सुनसरीको धरानस्थित पाथिभारा लाइनबाट एक महिलाको करिब साढे दुई तोलाको सुनको सिक्री लुटेको थियो।

त्यसको करिब एक सातापछि उनीहरूले सुनसरीकै इटहरीमा अर्को महिलाको गलाबाट करिब तीन तोलाको सिक्री लुटेको प्रहरीको दाबी छ।

इटहरीबाट लुटिएको सुन काठमाडौं ल्याउने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट लुटिएको सुनको सिक्रीसमेत बरामद भएको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा लुटपाटबाट प्राप्त सुन खरिद गर्ने व्यक्तिको खोजी गर्ने क्रममा भारतीय नागरिक संजित र मिलन विकसमेत पक्राउ परेका हुन्।

मोटरसाइकलमा रेकी, मौका छोपेर लुटपाट

प्रहरीका अनुसार योगेन्द्र र देवेन्द्रले काठमाडौं तथा पूर्वी नेपालका ठूला सहरलाई आधार बनाएर सुनका सिक्री लुटपाट गर्दै आएका थिए। लुटपाटमा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

उनीहरूले महिलाको रेकी गर्ने, सुनको सिक्री लगाएका महिलालाई पछ्याउने र एकान्त वा सहज रूपमा भाग्न सकिने स्थानमा पुगेपछि लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

सिक्री लुट्ने क्रममा योगेन्द्रले मोटरसाइकल चलाउने र देवेन्द्रले महिलाको गलाबाट सिक्री तान्ने गरेको प्रहरीको भनाइ छ। लुटपाटका लागि उनीहरू समूह बनाएर परिचालन हुने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

योगेन्द्रविरुद्ध यसअघि पनि मुद्दा

प्रहरी अभिलेखअनुसार योगेन्द्र तामाङविरुद्ध यसअघि पनि डाँकाचोरीसम्बन्धी कसुरमा दुईपटक मुद्दा चलेको खुलेको छ।

पछिल्लो अनुसन्धानका क्रममा उनीहरूको समूहले उपत्यका र पूर्वी नेपालमा गरेका अन्य लुटपाटका घटनाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका चारै जनामाथि कानुनी प्रक्रिया अघि बढाउँदै उनीहरूको संलग्नता रहेका अन्य घटनासमेत पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।

प्रहरीको दाबीअनुसार घटनामा संलग्न व्यक्तिहरू, लुटिएको सुनको कारोबार तथा लुटपाटमा प्रयोग भएको सवारीसाधनसम्बन्धी थप विवरण अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

जेनजी आन्दोलन छानबिन आयोगप्रति सांसद शाहीको असन्तुष्टि : ‘२४ गतेको घटनाबाट पन्छियो’

टाटा सिएरा ईभी नेपालमा सार्वजनिक, एकपटक चार्जमा ६६५ किलोमिटरसम्म रेन्ज

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सिद्धबाबा क्षेत्रमा सवारीसाधन रोकिए

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu