ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो


ABC NEWS
३ भदौ २०८३, बुधबार   २ : ४५   बजे

रूपन्देही । पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। पाल्पा–बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित दोभान क्षेत्रमा पहिरो हटाएपछि केही समयअघि राजमार्ग खुलेको प्रहरीले जनाएको छ।

सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोसँगै सडकमा ढुङ्गा, माटो र लेदो थुप्रिएपछि केही समय सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो।

प्रहरीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा सवारीसाधन सञ्चालन हुन थालेका छन्। पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

सिद्धार्थ राजमार्ग पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङलगायत पहाडी जिल्लालाई बुटवलसँग जोड्ने प्रमुख सडक हो। वर्षायाममा यस क्षेत्रमा पटक–पटक पहिरो खस्दा यातायात प्रभावित हुँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

जेनजी आन्दोलन छानबिन आयोगप्रति सांसद शाहीको असन्तुष्टि : ‘२४ गतेको घटनाबाट पन्छियो’

टाटा सिएरा ईभी नेपालमा सार्वजनिक, एकपटक चार्जमा ६६५ किलोमिटरसम्म रेन्ज

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सिद्धबाबा क्षेत्रमा सवारीसाधन रोकिए

सिक्री लुटपाटको आरोपमा चार जना पक्राउ, पूर्वदेखि काठमाडौंसम्म ‘चेन स्न्याचिङ’को जालो खुलेको प्रहरीको दाबी

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu