ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स बन्यो नेपाली क्रिकेट टोलीको आर्म स्पोन्सर


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ४५   बजे

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल ‘ए’ टोलीको जर्सीमा आर्म स्पोन्सरका रूपमा सम्झौता गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एक्स्ट्रिमले राष्ट्रिय टोलीले खेल्ने एसीसी प्रिमियर कप र नेपाल ‘ए’ले खेल्ने टप एन्ड टी–२० क्रिकेट प्रतियोगिताका लागि जर्सीको काँधमा आफ्नो लोगो राख्ने गरी प्रायोजन गरेको हो।

प्रायोजन रकम भने सार्वजनिक गरिएको छैन।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टोली अहिले एसीसी प्रिमियर कपको तयारीमा भारतमा अभ्यास गरिरहेको छ। टोलीले भारतमा १० दिन अभ्यास गरेपछि त्यहीँबाट मलेसिया प्रस्थान गर्नेछ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउने अवसर पाउनेछ।

यस्तै, अनिल शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोली अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुँदैछ। अगस्ट २१ देखि ३० सम्म हुने प्रतियोगितामा नेपाल ‘ए’ले एनटी स्ट्राइक, बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हरिकेन्स, एसीटी कोमेट्स, किङ्समेन र भिक्टोरियासँग लिग चरणका खेल खेल्नेछ।

राष्ट्रिय टोली र नेपाल ‘ए’ दुवै टोलीलाई एकैपटक प्रायोजन प्राप्त हुनुले नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

सम्बन्धित

बुबाको निधनपछि पहिलो गोल गर्दै लयमा फर्किए मेसी

इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग हुँदै

मुसियालालाई न्युरोलोजिकल समस्या, उपचारपछि पूर्ण रूपमा निको हुने आशा

श्रीलंकाविरुद्ध भारतको १६५ रनको सहज जित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

बायर्नसँग सम्झौता नवीकरणबारे छलफल गर्न तयार ह्यारी केन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu