काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको छ ।
कारोबारको अन्तिम समयमा बजार सम्हालिँदा नेप्से सकारात्मक बनेको हो । बिहीबार कुल ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कुल ९५ लाख कित्ता सेयर ४७ हजार पटक खरिद–बिक्री हुँदा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
माउन्ट एभरेष्ट पावर, सर्वोत्तम पेन्ट्स, एनआईसी एसिया सेलेक्ट फन्ड, मान्डु हाइड्रो र सानिमा मिडिल तमोर हाइड्रोका लगानीकर्ताले उच्च लाभ कमाएका छन् ।
बिहीबार बैंकिङ, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहका सूचक बढेका छन् भने बाँकी समूहका सूचक घटेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्