ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाका सीमावर्ती क्षेत्रका २०० स्थानीयलाई प्रस्थान तथा प्रवेशपत्र वितरण


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पा र शे–फोक्सुण्डो गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ।

सीमावर्ती क्षेत्रका नागरिकलाई दैनिक आवतजावत, व्यापार व्यवसाय तथा सामाजिक गतिविधिका लागि सीमापार जान सहज बनाउने उद्देश्यले गाउँमै पुगेर प्रवेश तथा प्रस्थानपत्र वितरण गरिएको हो।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाले स्थानीयवासीको विवरण संकलन गरी करिब २०० जनालाई उक्त पत्र उपलब्ध गराएको जनाएको छ।

भौगोलिक कठिनाइ र लामो दूरीका कारण जिल्ला सदरमुकाम पुगेर प्रशासनिक सेवा लिनुपर्ने बाध्यता रहेका स्थानीयलाई गाउँमै सेवा उपलब्ध भएपछि सहज भएको बताइएको छ।

डोल्पाको उत्तरी क्षेत्रका सीमावर्ती बस्तीका नागरिक दैनिक उपभोग्य सामग्री खरिद, व्यापार व्यवसाय तथा आफन्तसँगको भेटघाटका लागि सीमावर्ती क्षेत्रमा आवतजावत गर्दै आएका छन्। प्रवेश तथा प्रस्थानपत्र वितरणले उनीहरूको सीमापार आवतजावतलाई कानुनी र प्रशासनिक रूपमा व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शे–फोक्सुण्डो गाउँपालिकाले सीमा क्षेत्रका नागरिकलाई आवश्यक प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनका कर्मचारी तथा सीमावर्ती क्षेत्रका स्थानीयवासीको सहभागिता रहेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

सम्बन्धित

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सेतीको खोँचमा खसेका युवकको सकुशल उद्धार

सरकारी सफ्टवेयर विकास केन्द्र स्थापना हुँदै, ३० स्थायी कर्मचारी र विज्ञ परिचालन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu