ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीको सातौँ मुख्यमन्त्री बने किरण थापामगर


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : ३५   बजे

हेटौँडा । नेकपा एमालेका किरण थापामगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्री नियुक्त भएका छन्। १०४ सदस्यीय प्रदेशसभामा नेकपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६३ सांसदको समर्थनमा थापामगर मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार (भदौ ४) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापामगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि उनी बागमती प्रदेश सरकारमा दुईपटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए।

थापामगरभन्दा अघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन्।

सामाजिक सेवाबाट राजनीतिमा

भक्तपुरका थापामगरको राजनीतिक यात्रा सामाजिक सेवाबाट सुरु भएको हो। आईए तहसम्म अध्ययन गरेका उनी एमाले भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीसम्म पुगेका छन्।

वि.सं. २०७४ मा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित थापामगरले नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।

वि.सं. २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट निर्वाचित भएपछि उनी प्रदेश राजनीतिमा प्रवेश गरेका हुन्।

दुईपटक स्वास्थ्य मन्त्री

थापामगरले वि.सं. २०८१ साउन ९ देखि २०८३ असारसम्म बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हालेका थिए।

राजनीतिसँगै सामाजिक तथा खेलकुद क्षेत्रमा पनि उनको सक्रियता रहेको छ। उनले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापति तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापति दुई कार्यकाल सम्हालेका थापामगर नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका कोषाध्यक्षसमेत भएका थिए।

सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबमा संरक्षकको भूमिकामा समेत उनी सक्रिय रहँदै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

Syria Denies Plans for Turkish Military Base Following Israeli Airstrike

OpenAI Slows AI Development Citing Escalating Cybersecurity Risks

India’s Ruling BJP Undertakes Major Leadership Overhaul Amid Youth Disconnect

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu