बागलुङ । प्रिसियस एकेडेमी बागलुङको आयोजनामा कक्षा ८ सम्म अध्ययनरत छात्रछात्राका लागि दोस्रो संस्करणको कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ। शुक्रबारदेखि सुरु हुने प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी १४ विद्यालयका २७ टोली सहभागी हुने आयोजकले जनाएको छ। छात्रतर्फ १६ र छात्रातर्फ १५ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक राजन शर्माले जानकारी दिए। प्रतियोगिताले बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन, आत्मविश्वास, अनुशासन तथा स्वस्थ आचरणको विकासमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
छात्र तथा छात्रातर्फका विजेता टोलीले समान रूपमा नगद १० हजार रुपैयाँ तथा उपविजेता टोलीले ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै, प्रतियोगितामा उत्कृष्ट डिफेन्डर र रेडरलाई पनि नगद पुरस्कारसहित सम्मान गरिनेछ। सेमिफाइनल पुग्ने टोलीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्