ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुलेको मौसममा मनमोहक देखियो लुम्बिनीको विश्व शान्ति स्तूप


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : २५   बजे

कपिलवस्तु । निलो आकाश, सेता बादलका घेरा र चारैतिरको हरियालीबीच लुम्बिनीको विश्व शान्ति स्तूप मनमोहक देखिएको छ । मौसम खुलेसँगै सेतो गुम्बजसहितको स्तूपले पर्यटक तथा आगन्तुकको ध्यान खिचिरहेको छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि विश्व शान्ति स्तूप धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको आकर्षक संगम बनेको छ । सफा मौसममा स्तूप वरपरको हरियाली, खुला आकाश र सेतो गुम्बजको दृश्यले वातावरणलाई थप मनमोहक बनाएको छ । स्तूप परिसरमा पुग्ने पर्यटक तथा फोटो खिच्न आउनेहरूका लागि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।

विश्वभर ८० भन्दा बढी शान्ति स्तूप निर्माण गरिएको बताइन्छ । स्वर्गीय जापानी बौद्ध गुरु निचिडात्सु फुजीले विश्वका विभिन्न स्थानमा यस्ता स्तूप निर्माण गर्नुभएको थियो । शान्ति स्तूपहरूले विश्वमा शान्तिको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेका फोटो पत्रकार मनोज पौडेल बताउनुहुन्छ ।

लुम्बिनीमा रहेको विश्व शान्ति स्तूप निर्माण गर्न सात वर्ष लागेको थियो । विश्व शान्ति स्तूप धार्मिक आस्था र शान्तिको प्रतीकका रूपमा परिचित छ । आकर्षक वास्तुकलामा निर्माण गरिएको स्तूपको उचाइ ४१ दशमलव ५ मिटर र गोलाइ २० मिटर रहेको छ । यसको आधार स्तम्भको गोलाइ ५९ मिटरसम्म रहेको बताइएको छ ।

विशाल संरचना निर्माणमा करिब ९ सय मेट्रिक टन सिमेन्ट प्रयोग गरिएको थियो । स्तूपलाई आकर्षक बनाउन करिब २७ हजार वर्गफुट मार्बल प्रयोग गरिएको छ ।

मौसम खुलेका बेला स्तूपको सेतो संरचना, हरियाली र निलो आकाशको संयोजनले यहाँको दृश्य थप मनमोहक बनाउने गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेती नदीको भिरमा अड्किएका युवकको प्रहरीले गर्‍यो सकुशल उद्धार

लुम्बिनीमा नेकपाको आन्तरिक विवादले मन्त्रीको शपथ रोकियो, अब सोमबारको तयारी

सम्बन्धित

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

ठमेल चौबीसै घण्टा खुला रहने सहमति

नेपालगन्ज–पोखरा हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

कतार एयरवेजको विमानमा तातो कफी पोखिएर घाइते यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu