काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढ्यो
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय ३० रुपैयाँले बढेको हो।
सुन र चाँदी दुवैको मूल्य बढेसँगै शुक्रबार नेपाली बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्