ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन तहका सरकारबीच समन्वयबाटै शिक्षा सुधार सम्भव : शिक्षामन्त्री पोखरेल


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ३५   बजे

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यबाट मात्रै शिक्षा क्षेत्रको सुधार सम्भव हुने बताउनुभएको छ।

कैलालीको धनगढीमा आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियासम्बन्धी प्रदेश र स्थानीय तहका सरोकारवालाको तीनदिने प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा सुधारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले शिक्षा ऐन, नीति तथा कानुन निर्माण गर्दा सम्बन्धित सबै सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्नेमा जोड दिनुभयो। संवाद र सहकार्यबाट शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रम कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको जानकारी दिनुभयो।

समन्वय एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश, शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल तथा अभिमुखीकरण गरिने बताउनुभयो।

अभिमुखीकरणमा शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था, कार्यक्रमसँग सम्बन्धित सूचक तथा बजेट निकासालगायत विषयमा जानकारी दिइनेछ।

त्यस्तै, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना, वार्षिक कार्ययोजना तथा बजेट निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

स्थानीय तहले स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग कसरी जोड्ने भन्ने विषयमा समेत सहजीकरण गरिनेछ। विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा त्यसबाट प्राप्त तथ्याङ्कलाई शिक्षा योजना निर्माण र कार्यान्वयनमा कसरी उपयोग गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका शिक्षासँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ। शिक्षा क्षेत्रका विभिन्न मापदण्ड, नीति तथा कार्यक्रमबारे समेत अभिमुखीकरण गरिने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्कीको निर्माणमा डेब्यु

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu