ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थलमार्ग हुँदै कास्की पुगे प्रधानमन्त्री बालेन, अस्तामको इको भिलेजमा बास


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : ३५   बजे

लेखनाथ । प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार दिउँसो स्थलमार्ग हुँदै कास्की आइपुगेका छन्। पोखरा हुँदै उनी कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका हुन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाहको शुक्रबार रातिको बसाइ अन्नपूर्ण इको भिलेजमै हुनेछ।

“उहाँ कास्की आइपुग्नुभएको छ। निजी भ्रमणका क्रममा आउनुभएको हो। आजको बास अस्ताममै हुन्छ,” बरालले जानकारी दिए।

प्रधानमन्त्री शाह अपराह्न २ बजेर ५५ मिनेटमा रिसोर्ट पुगेका थिए। प्रधानमन्त्रीसहितको टोलीका लागि रिसोर्टका सबै कोठा बुक गरिएको बताइएको छ।

हिमशृङ्खलाको काखमा प्रधानमन्त्रीको बास

प्राकृतिक सौन्दर्यका लागि परिचित अन्नपूर्ण इको भिलेज वरपरबाट अन्नपूर्ण, धौलागिरि र मनास्लु लगायतका हिमशृङ्खलासँगै पोखरा महानगरको हेम्जा क्षेत्रसमेत अवलोकन गर्न सकिन्छ।

डाँडाकाँडा, जंगल र स्थानीय गाउँबस्तीले घेरिएको अस्ताम क्षेत्र छोटो पदयात्रा र प्रकृतिसँग समय बिताउन चाहने पर्यटकको रोजाइमा पर्ने गर्छ।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई प्रशासनले निजी भ्रमण का रूपमा जनाएको छ। उनी शनिबार मुस्ताङतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

सम्बन्धित

खुलेको मौसममा मनमोहक देखियो लुम्बिनीको विश्व शान्ति स्तूप

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

ठमेल चौबीसै घण्टा खुला रहने सहमति

नेपालगन्ज–पोखरा हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu