काठमाडौं । राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सरकारले अनावश्यक विषयलाई प्राथमिकता दिँदा नागरिकका आधारभूत समस्या ओझेलमा परेको बताएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सरकारले अनावश्यक विषयलाई प्राथमिकता दिँदा नागरिकका आधारभूत समस्या ओझेलमा परेको बताएका छन्।
शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै अधिकारीले बजार अनुगमन र कालोबजारी नियन्त्रणमा सरकार प्रभावकारी बन्न नसक्दा महँगी बढेर नागरिकलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएको बताए।
सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा समेत चासो नदिएको र बढ्दो महँगीप्रति बेखबर बनेको उनको आरोप छ।
राष्ट्र बैंकको तथ्यांक प्रस्तुत गर्दै अधिकारीले २०८३ असार मसान्तसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको बताए। गत आर्थिक वर्षमा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको उनको भनाइ छ।
उनका अनुसार पछिल्लो अवधिमा फलफूलको मूल्य १७.४ प्रतिशत, घिउ तथा तेल १५.१ प्रतिशत, माछामासु ५.२६ प्रतिशत र तरकारीको मूल्य ४.१४ प्रतिशतले बढेको छ।
‘चाडपर्वको मुखमा उपभोग्य वस्तुको चर्को मूल्यवृद्धिका कारण आधारभूत विपन्न जनता मारमा परेका छन्,’ अधिकारीले भने।
उनले महँगी नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउनुका साथै उत्पादन, भण्डारण, ढुवानी, आयात, थोक तथा खुद्रा व्यापारसम्मको सम्पूर्ण आपूर्ति शृंखलामा सुधार आवश्यक रहेको बताए।
दैनिक उपभोग्य अत्यावश्यक वस्तुको उत्पादनदेखि उपभोक्तासम्मको मूल्य शृंखलाको डिजिटल सूची सार्वजनिक गर्न र कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्