ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पकुलपति नियुक्तिमा सरकारले मेरिटोक्रेसी ध्वस्त बनायो : राष्ट्रियसभा सदस्य तिमिल्सिना


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : २५   बजे

काठमाडौं । राष्ट्रियसभा सदस्य जगत तिमिल्सिनाले विश्वविद्यालयका उपकुलपति नियुक्तिमा वर्तमान सरकारले मेरिटोक्रेसी ध्वस्त बनाएको आरोप लगाएका छन्।

उपप्राध्यापक पदबाट राजीनामा दिएर राष्ट्रियसभा सदस्य बनेका तिमिल्सिनाले योग्यता, अनुभव, अनुसन्धान, प्राज्ञिक नेतृत्व, संस्थागत योगदान, दृष्टिकोण र व्यवस्थापकीय क्षमतालाई मेरिटोक्रेसीका आधारका रूपमा व्याख्या गर्दै सरकारले यी आधारको पालना नगरेको दाबी गरे।

उपकुलपति छनोट प्रक्रियामा सय अंकमध्ये ३५ अंक व्यक्तिगत विवरण तथा ६५ अंक सोचपत्र, कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छुट्याइएको भनिए पनि अंक प्रदान गर्ने आधार र प्रक्रिया पारदर्शी नभएको उनको आरोप छ।

‘६५ अंक कसरी दिइन्छ ? मूल्यांकन गर्ने विज्ञ को हुन् ? प्रक्रिया पारदर्शी छ भने सरकारले किन सार्वजनिक गर्दैन ?’ तिमिल्सिनाले प्रश्न गरे।

उनले विश्वविद्यालयका उपकुलपतिलाई मन्त्रालयका सहसचिवजस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए। प्राज्ञिक पदमा रहेका व्यक्तिलाई सरकारी कर्मचारीसरह व्यवहार गर्नु उचित नभएको उनको भनाइ छ।

‘प्राज्ञ पदलाई मन्त्रालयका कार्यरत कर्मचारीजस्तो व्यवहार उचित हुँदैन,’ उनले भने।

तिमिल्सिनाले विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक संस्था नभई सरकार मातहतको निकायजस्तो बनाउन खोजिएको आरोपसमेत लगाए। उनले उपकुलपति नियुक्तिमा पारदर्शिता, योग्यता र प्राज्ञिक क्षमतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

US Redesignates Hezbollah as Iranian Proxy, Imposes New Sanctions

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu