ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको कटाक्ष : ‘यी बारुलाहरूसँग डराएर देश जिम्मा लगाउन सकिँदैन’


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : १५   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि कडा टिप्पणी गर्दै सरकारलाई ‘बारुला’को संज्ञा दिएका छन्। शनिबार नगरकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई मुलुकको जिम्मेवारी सुम्पेर बस्न नसकिने बताएका हुन्।

अध्यक्ष ओलीले बालेन नेतृत्वको सरकार बनेपछि आफूलाई गिरफ्तार गरिएको प्रसंगसमेत उठाए। आफूलाई पक्राउ गरेर अरूलाई त्रसित पार्ने प्रयास गरिएको उनको आरोप थियो।

“अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो, केपी ओलीलाई थुनियो भनेर अरूलाई थर्कमान बनाउन खोजियो,” ओलीले भने।

उनले वर्तमान सरकारको गतिविधिप्रति व्यंग्य गर्दै डर र त्रासको वातावरण सिर्जना गरेर लामो समयसम्म मुलुक सञ्चालन गर्न नसकिने जिकिर गरे।

“यी बारुलाहरूसँग डराएर सधैँ यिनीहरूका जिम्मामा देश लगाउन सकिँदैन,” उनले भने।

निजी क्षेत्रलाई त्रसित बनाएको आरोप

ओलीले सरकारले निजी क्षेत्रमाथि दबाब र त्रास सिर्जना गरिरहेको आरोपसमेत लगाए। सम्पत्ति जफत गर्ने, बैंक खाता रोक्का गर्ने जस्ता गतिविधिमार्फत निजी क्षेत्रलाई आतंकित बनाउने प्रयास भइरहेको उनको दाबी थियो।

यस्ता गतिविधिले मुलुकको आर्थिक वातावरण थप बिग्रन सक्ने भन्दै ओलीले सरकारले आर्थिक क्षेत्रलाई अस्थिरतातर्फ धकेलिरहेको आरोप लगाए। निजी क्षेत्रलाई प्रोत्साहन र विश्वासको वातावरण दिनुपर्नेमा उल्टै त्रसित बनाउने काम भइरहेको उनको भनाइ थियो।

‘एकछिन दुख्ने हो’ भन्दै व्यंग्य

सम्बोधनका क्रममा ओलीले ‘बारुला’को उदाहरण दिँदै वर्तमान सरकारप्रति व्यंग्यात्मक टिप्पणी गरे। उनका अनुसार बारुला एक ठाउँमा कराए वा झम्टिए पनि त्यसबाट स्थायी रूपमा डराउनुपर्ने अवस्था हुँदैन।

“एउटा छिन दुख्ने हो,” उनले व्यंग्यात्मक शैलीमा भने।

ओलीको यो अभिव्यक्तिलाई वर्तमान सरकार र त्यसका गतिविधिप्रति एमाले अध्यक्षको पछिल्लो राजनीतिक कटाक्षका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, थप वर्षाको सम्भावना

गरिमा चौधरीका आमाबुवा स्थानीय अभियन्तासहित काठमाडौं पठाइए, गृहमन्त्रीसँग वार्ता हुने

गगन थापा : आलोचना र निन्दाबीचको फरक छुट्याउनै छोड्यौँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu