ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा कृषि हाटबजार पुनः सञ्चालन, किसानको उत्पादन सिधैँ उपभोक्तासम्म


ABC NEWS
७ भदौ २०८३, आइतबार   ७ : ३५   बजे

पोखरा । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका ताजा तरकारी तथा फलफूल सिधैँ सहरी उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले पोखरा महानगरपालिकाले कृषि हाटबजारलाई नियमित रूपमा सञ्चालनमा ल्याएको छ। बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्यसहित महानगरले कृषि एम्बुलेन्स सेवा र उपज भण्डारणका लागि साना कोल्डरुमको समेत व्यवस्था गरेको छ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार पोखराका ग्रामीण वडामा उत्पादन भएका कृषि उपजलाई सहरी क्षेत्रमा बिक्री गर्ने उद्देश्यले बिरौटामा हाटबजार सञ्चालन गरिएको हो।

पोखराको बिरौटास्थित साल्ट ट्रेनिङ तथा कृषि सामग्री कम्पनी नजिकै रहेको खाली स्थानमा वडा नम्बर २१, २२ र ३३ लगायतका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने व्यवस्था मिलाइएको छ।

प्रत्येक शनिबार बिहान हाटबजार

महानगरपालिकाले अब उक्त कृषि हाटबजार प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।

२०७६ सालमा निर्माण सुरु गरी २०७७ सालदेखि सञ्चालनमा ल्याइएको हाटबजार कोभिड–१९ महामारीका कारण केही समय प्रभावित बनेको थियो। महामारीपछि किसानका उत्पादन कृषि एम्बुलेन्समार्फत संकलन गरेर बिक्री–वितरण गरिँदै आएको थियो।

हाल हाटबजारलाई पुनः व्यवस्थित गर्दै नियमित सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ।

बजार पुनः सञ्चालन गरिएको पहिलो दिन वडा नम्बर १७, २१ र २२ का वडाध्यक्षलगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। पहिलो दिन करिब ५ सय जनाले हाटबजारको अवलोकन गर्नुका साथै कृषि उपज खरिद गरेको जनाइएको छ।

किसानको उत्पादन बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स

किसानले उत्पादन गरेका तरकारी तथा फलफूल समयमै बजारसम्म पुर्‍याउन पोखरा महानगरपालिकाले २०८१ सालदेखि कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि उपज संकलन गरी सहरी बजारसम्म ढुवानी गर्न कृषि एम्बुलेन्स प्रयोग भइरहेको छ। यसले किसानलाई बजारसम्म उत्पादन पुर्‍याउन सहज भएको महानगरपालिकाको विश्वास छ।

यस्तै, तरकारी तथा फलफूल बिक्री हुन नसक्दा खेर जाने समस्या न्यूनीकरण गर्न साना कोल्डरुमको समेत व्यवस्था गरिएको छ।

बिचौलियाको प्रभाव घटाउने लक्ष्य

हाटबजारको मुख्य उद्देश्य किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउने र उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको महानगरपालिकाले जनाएको छ।

परम्परागत बजार प्रणालीमा किसानबाट उपभोक्तासम्म पुग्दा विभिन्न तहका बिचौलिया संलग्न हुने भएकाले उत्पादकले अपेक्षित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने समस्या देखिँदै आएको छ।

कृषि हाटबजारमार्फत किसान आफैँले उत्पादन बिक्री गर्न पाउने भएपछि उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने अपेक्षा गरिएको छ।

पोखराका अन्य क्षेत्रमा पनि हाटबजार

बिरौटाबाहेक पोखरा महानगरपालिकाका वडा नम्बर १४, ७, १६ र ९ मा समेत कृषि हाटबजार सञ्चालनमा रहेका छन्।

महानगरपालिकाले स्थानीय उत्पादनको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वयसमेत गर्दै आएको जनाएको छ। यसअघि खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयसँगको समन्वयमा रातोपोखरी संकलन केन्द्रका कृषि उपज मोबाइल भ्यानमार्फत परीक्षण गरिएको थियो।

महानगरपालिकाले कृषि हाटबजारको दायरा विस्तार गर्दै स्थानीय किसानका उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने र सहरी उपभोक्तालाई ताजा, स्थानीय तथा गुणस्तरीय कृषि उपज उपलब्ध गराउने लक्ष्य लिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चाडपर्वमा मात्रै होइन, वर्षभरि सहज आपूर्ति आवश्यक

सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, एकको मृत्यु, २५ जनाभन्दा बढी संक्रमित

सम्बन्धित

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

वर्षा र पहिरोले देशभरका १० सडकखण्ड पूर्ण अवरुद्ध, यातायात प्रभावित

मानिसको साथी भँगेरा हराउँदै, संरक्षणका लागि घरघरमा गुँड अभियान

बढ्दो सवारी चापसँगै जाम र प्रदूषणको चुनौती, चोक सुधारदेखि ‘कार फ्री जोन’सम्मको बहस

साउनमै आयात ३१ प्रतिशतले बढ्यो, निर्यातमा ६२ प्रतिशतको उल्लेख्य वृद्धि

मानवलाई उछिन्दै ह्युमनोइड रोबोट : ‘लाइटनिङ’ले १०० मिटर दौडियो ९.३२ सेकेन्डमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu