ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार दिनपछि खुल्यो वीरगन्ज–पथलैया सडक, गरिमा हत्या प्रकरणमा नयाँ सहमति


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : ३५   बजे

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड आइतबारदेखि सञ्चालनमा आएको छ। पीडित परिवार र सरकारबीच नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सडक अवरोध हटाएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले आइतबारदेखि सडकखण्ड सञ्चालनमा आएको जानकारी दिए। सडक खुलेसँगै वीरगन्ज–पथलैया क्षेत्रमा रोकिएका सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।

यसअघि गरिमा हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच भएको सहमति परिवारले अस्वीकार गरेपछि सडक अवरोध कायमै थियो।

शनिबार साँझ काठमाडौं पुगेका पीडित बालिकाका आमाबुबाले गृहमन्त्रीसँग भेटवार्ता गरेपछि सरकारसँग पुनः सहमति भएको हो। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार गृह मन्त्रालयमा भएको छलफलपछि नयाँ सहमति जुटेको थियो।

सात सदस्यीय समिति गठन हुने

सरकार र पीडित परिवारबीच भएको सहमतिअनुसार जघन्य आपराधिक घटनामा विद्यमान कानुनी व्यवस्था, कसुर र सजायसम्बन्धी प्रावधान पुनरावलोकन गरी आवश्यक कानुनी सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिनेछ।

समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको छ।

त्यस्तै, गरिमा चौधरीको स्मृतिमा सालिक निर्माणका लागि सहरी विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने सहमति भएको छ।

गरिमाको अन्त्येष्टि पीडित परिवारको रीतिरिवाज र संस्कारअनुसार गरिने पनि सहमतिमा उल्लेख छ।

आन्दोलनले यातायात र उद्योग प्रभावित

गरिमा हत्या घटनापछि दोषीलाई कडा कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा जघन्य अपराधमा कडा कानुनी व्यवस्था गर्नुपर्ने माग राख्दै स्थानीयवासी र पीडित परिवार आन्दोलनमा उत्रिएका थिए।

आन्दोलनका क्रममा वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडक अवरुद्ध भएपछि यस क्षेत्रमा यातायातका साथै औद्योगिक गतिविधिसमेत प्रभावित भएका थिए। सडकमा सवारीसाधनको लामो लाइन लाग्नुका साथै उद्योगबाट हुने ढुवानीसमेत प्रभावित भएको थियो।

चार दिनपछि सडक खुले पनि अब घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही र सरकार तथा पीडित परिवारबीच भएको नयाँ सहमति कार्यान्वयन मुख्य चासोको विषय बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

दूधकोशी आयोजनाको ऋण व्यवस्थापन अन्तिम चरणमा, एडीबीले लगानी गर्ने सम्भावना

मंसिरभित्र महाधिवेशन नभए कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्छ : विश्वप्रकाश शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu