ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस एकताका लागि नैनसिंह महरका तीन प्रस्ताव


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव राखेका छन् ।

आइतबार बिहान उपचारपछि स्वदेश फर्किएका देउवालाई भेटेर महरले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने भन्दै तीनवटा विकल्प प्रस्तुत गरेका हुन् ।

महरका तीन प्रस्ताव

महरले पहिलो विकल्पका रूपमा सभापति गगन थापा र पूर्वसभापति देउवाबीच तत्काल छलफल गरी पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

दोस्रो विकल्पमा थापा र देउवा दुवैले नेतृत्वको दाबी छाडेर तेस्रो व्यक्तिलाई नेतृत्व सुम्पने र त्यसपछि १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्ने प्रस्ताव उनले राखेका छन् ।

त्यस्तै, तेस्रो विकल्पका रूपमा पार्टीको आधिकारिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतबाट आउने अन्तिम फैसला स्वीकार गरेर अघि बढ्ने सहमति गर्नुपर्ने सुझाव महरले दिएका छन् । उनका अनुसार अदालतको अन्तिम फैसला आउनुअघि नै सबै पक्षबीच छलफल र सहमति कायम गर्ने प्रयास गर्नुपर्छ ।

देउवासँगको भेट

महरले उपचारपछि स्वदेश फर्किएका देउवालाई पार्टीभित्रको विवाद समाधान र एकताका विषयमा छलफल गर्न भेटेका हुन् ।

देउवा गत साउन २८ गते स्वदेश फर्किएपछि पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न पक्षसँग संवाद भइरहेको बताइएको छ ।

महरले कांग्रेसलाई विभाजनबाट जोगाउँदै एकताबद्ध रूपमा अघि बढाउन नेतृत्व तहबीच सहमति आवश्यक रहेको बताएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

Two Arrested in Nepal for Alleged Foreign Employment Fraud

Chief Justice Sharma Emphasizes Collaboration Between Bar and Bench

Global Water Conflicts Surge: New Data Reveals Growing Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu