ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा वार्षिकोत्सव अघि विशेष सफाइ अभियान


admin
४ बैशाख २०७५, मंगलबार   २ : ५९   बजे

काठमाडौँ, ४ वैशाख ।  पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ ।

विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । पशुपतिलाई उदाहरणीय देवस्थलका रुपमा स्थापित गर्ने अभियानमा कोष लागेको उहाँको भनाइ थियो ।

पशुपति पश्चिम ढोकाअघि शुरु भएको सफाइ मन्दिर क्षेत्र, सूर्यघाट, आर्यघाट, वाग्मती नदी किनार र वनकाली क्षेत्रमा आज सकिएको कोषका सुरक्षा अधिकृत गौरीशंकर पराजुलीले बताउनुभयो । सफाइसँगै पशुपति परिसरमा रङ्गरोगनसमेत भइरहेको छ ।

यस वर्ष खेम्स क्लिनिङ, वाग्मती सफाइ महाअभियान र कोषको सहकार्यमा छ महिनादेखि पशुपति क्षेत्र सफाइ भइरहेको छ । सफाइसँगै ढुंगामा समेत पालिस लगाएर टल्काइएको कोषले जनाएको छ ।

सफाइमा कोषका कर्मचारी, नेपाली सेनाको कालीप्रसाद गण, नेपाल प्रहरीको पहरा गण, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण, खेम्स क्लिनिङ, मानवसेवा आश्रमलगायत संस्थाको संस्थागत सहभागिता थियो । सफाइमा पशुपतिमा पूजा एवं दर्शनका लागि आएका भक्तजन पनि सहभागी थिए । विसं २०४४ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन स्थापित कोषले बुधबार ३२ वार्षिकोत्सव मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group