ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन तस्करी प्रकरण: बाजेको सेकुवा संचालक पनि छानबिनमा


admin
४ बैशाख २०७५, मंगलबार   ३ : ५३   बजे

काठमाडौं , ४ बैशाख । ३३ किलो सुन तस्करी प्रकरणमा ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा तानिएका छन्।

तस्करी गिरोहमा रेस्टुरेन्टका संचालक चेतन भण्डारीको संलग्नताका प्रमाणहरु भेटिएकाले प्रहरीले अनुसन्धानको लागि हाललाई सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्रचार गरेको छ । सुन तस्करीमा लगानी गरेको आशंका प्रहरीको छ । भण्डारी सो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त पर्छन् ।

भण्डारीसंगै जिल्ला प्रहरी कार्यालय मोरङले मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको बैंक खाता तथा सम्पती रोक्का राखेको छ।

उप्रेतीको समूहले विगत ५ वर्षयता विमानस्थलमा सेटिङ मिलाई ठूलो मात्रामा सुन तस्करी गर्दै आएको थियो। त्यसरी तस्करी हुने सुनमा सुन पसलेदेखि धेरै जनाको साझेदारी हुने गरेको थियो।

गत माघमा तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा हराएपछि सुन लुकाउनेहरुसँग मिलेको आशंकामा सनम शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाएका थिए। सोही क्रममा उनको मृत्यु भएपछि चारकोशे झाँडीमा शव लुकाउन लैजाँदै गर्दा फागुन १९ गते महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रैबाट शव बरामद गरेपछि घटना सतहमा आएको थियो । हत्या गरिएका शाक्य सोही समूहमा एकाउन्टेन्टका रुपमा कार्यरत थिए।

महाशाखाको टोलीले मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई त्यसैबेला पक्राउ गरेको थियो।

हालसम्म घटनामा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। विमानस्थलभित्र कार्यरत थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ , भारतीय व्यापारी महावीर गोल्यान, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर, राजु महर्जन पक्राउ परेका छन् । त्यस्तै आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परिसकेका छन्।

हत्यामा सहयोगी भूमिका खेल्ने लाक्पा शेर्पा र मदन घिमिरे समेत मोरङ प्रहरीको हिरासतमा छन्।

पक्राउ परेका उपर मोरङ प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाको अनुसन्धान भईरहेको छ ।

सो घटनाको अनुसन्धानमा मुख्य अभियुक्तलाई जोगाएको आरोपमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई त्यहाँबाट हटाएर गृह मन्त्रालयले छानबिन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group