काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने भन्दै फैलाइएको हल्ला निराधार भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको भनाइ उद्धृत गर्दै पार्टी नेतृत्व परिवर्तनको विषयमा बाहिर आएका प्रचारबाजीको अन्त्य भएको दाबी गरेका हुन्।
उनका अनुसार अध्यक्ष ओलीले एमालेमा अध्यक्ष हटाउने हल्ला ‘बलेसीबाट खसेको पानीको फोकाजस्तै क्षणिक र निराधार’ भएको बताएका छन्।
त्यस्तै, महासचिव पोखरेलले विराटनगरमा ओलीलाई हटाउने भन्दै फैलाइएको प्रचार पार्टीको एकता, अनुशासन र संगठनलाई कमजोर बनाउने उद्देश्यले फैलाइएको भ्रम मात्र भएको स्पष्ट पारेको बस्नेतले उल्लेख गरेका छन्।
बस्नेतले एमालेको अबको मुख्य कार्यदिशा वर्तमान सरकारविरुद्ध आन्दोलन रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजका चुनौतीहरूको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाउँदै वर्तमान जनविरोधी बालेन सरकारविरुद्ध आन्दोलन सुरू गरिनेछ।’
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्