ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको दाबी : ‘सरकारको नियतमाथि प्रश्न छैन, भ्रष्टाचारको आरोप लगाउने ठाउँ कतै छैन’


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यसम्पादनप्रति सन्तोष व्यक्त गर्दै सरकारमाथि अहिलेसम्म भ्रष्टाचार वा अनियमितताको ठोस प्रश्न नउठ्नु नै सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।

रास्वपाको ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृङ्खलालाई सम्बोधन गर्दै लामिछानेले सरकारका केही निर्णय विवादित हुन सक्ने र केहीले व्यापक जनसमर्थन पाउन सक्ने भए पनि सरकारको नियत र नीतिमा कुनै समस्या नरहेको दाबी गरे।

उनले सुशासनलाई आफ्नो राजनीतिको प्रमुख मुद्दा बनाएको रास्वपा नेतृत्वको सरकारमाथि अहिलेसम्म कुनै भ्रष्टाचार वा अनियमितताको आरोप प्रमाणित हुने गरी प्रश्न नउठेको दाबी गरे।

“सबैभन्दा महत्त्वपूर्ण कुरा सरकारको नियत हो। त्यसमा केही पनि समस्या छैन,” लामिछानेले भने, “सुशासनको मुद्दा उठाएको रास्वपा सरकारले आज कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न उठेको छैन। यो सबैभन्दा ठूलो कुरा हो।”

‘सरकार मात्र होइन, प्रतिपक्ष पनि बलियो छ’

लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा सरकार मात्र नभई प्रतिपक्ष पनि बलियो रहेको टिप्पणी गरे। बलियो प्रतिपक्षसँग राजनीतिक रूपमा प्रभावकारी ढंगले प्रतिस्पर्धा र सहकार्य गर्न नसके मुलुक निराशातर्फ जान सक्ने उनको चेतावनी थियो।

“म फेरि पनि भन्छु, अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष झन् बलियो छ,” उनले भने, “बलियो प्रतिपक्षीलाई राजनीतिक ढङ्गले हामीले तय गर्न सकेनौँ, राजनीतिक तवरले काम गर्न सकेनौँ भने यसले अर्कै ठाउँमा लिएर जान्छ।”

लामिछानेले यसपटक पनि राजनीतिक दलहरूले मुलुकले वर्षौंदेखि देखेको सपना पूरा गर्न नसके देश निराशाको चरणमा प्रवेश गर्न सक्ने बताए। यद्यपि, अहिले नै मुलुक त्यस्तो अवस्थामा पुगिनसकेको उनको भनाइ थियो।

‘विवादित निर्णय हुन सक्छन्, नियतमा प्रश्न छैन’

सरकारका सबै निर्णय लोकप्रिय वा विवादरहित नहुने स्वीकार गर्दै लामिछानेले सरकारको मूल्यांकन निर्णयको तत्कालीन लोकप्रियताभन्दा पनि त्यसको नीति र नियतका आधारमा हुनुपर्ने बताए।

उनले केही निर्णयमाथि विवाद हुन सक्ने र केहीले नागरिकबाट प्रशंसा पाउन सक्ने बताए। तर रास्वपा नेतृत्वको सरकारमाथि भ्रष्टाचार गरेको, कुनै ‘काण्ड’ मच्चाएको वा अनियमितता गरेको आरोप लगाउने ठाउँ अहिलेसम्म कसैले नदेखाउन सकेको उनको दाबी थियो।

“आज हामीलाई कसैले भन्न सक्दैन, तिमीहरूले भ्रष्टाचार गर्यौ, तिमीहरूको यो काण्ड भयो, तिमीहरूले यहाँ अनियमितता गर्यौ भनेर,” उनले भने, “बस, यो चिज हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”

पहिलो वर्षमै सबै परिणाम देखिँदैनन् : लामिछाने

लामिछानेले सरकारको पहिलो वर्षमा भएका सबै कामको परिणाम तत्काल देखिने अपेक्षा गर्नु उचित नहुने बताए। जग हाल्ने काम तत्काल बाहिरबाट नदेखिए पनि त्यसले भविष्यको संरचनाका लागि आधार तयार गर्ने उनको तर्क थियो।

“सबै कामहरू सरकारको पहिलो वर्षमा देखिने खालका पनि हुँदैनन्। जग हाल्दा त्यो स्ट्रक्चर देखिन्न,” उनले भने।

सरकारले एक सय दिन पूरा गरेयता पार्टीभित्र पनि निरन्तर छलफल भइरहेको र संगठन विस्तारका काम अगाडि बढाइएको उनले बताए। पार्टीमा नयाँ सदस्य थप्ने, रिक्त पदहरू पूर्ति गर्ने तथा संगठनलाई देशव्यापी रूपमा चलायमान बनाउने काम भइरहेको उनको भनाइ थियो।

अब मधेस यात्रामा निस्कने तयारी

लामिछानेले आफू चाँडै मधेस यात्रामा निस्कने तयारीमा रहेको जानकारी पनि दिए। सम्भवतः एक वा दुई साताभित्र मधेस केन्द्रित यात्रा सुरु गर्ने र त्यसपछि पार्टीलाई देशव्यापी रूपमा थप सक्रिय बनाइने उनले बताए।

“म आफैँ अब मधेसतर्फ जाने तयारीमा भएको छु,” उनले भने, “सम्भवत: चाँडै नै, हप्ता–दस दिन या दुई हप्तामा म मधेस यात्रामा पनि निस्कन्छु। हामी देशैभरि जानेछौँ। पार्टी पूर्ण रूपमा चलायमान हुनेछ।”

रास्वपाले सरकारको कार्यसम्पादनसँगै संगठन विस्तार र आगामी राजनीतिक तयारीलाई पनि तीव्र बनाउने संकेत दिइरहेका बेला सभापति लामिछानेले सरकारको प्रमुख उपलब्धिका रूपमा भ्रष्टाचार र अनियमितताको आरोपबाट मुक्त रहेको दाबी अघि सारेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

Nepali Leader Urges Unity for Rescue Efforts Post-Devastation

A Strong Welfare State Changes the Meaning of Unemployment

Ridley Scott’s ‘The Dog Stars’ Criticized for Lackluster Postapocalyptic Thrills

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu