ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : १५   बजे

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा गएराति आगलागी हुँदा महत्वपूर्ण कागजात तथा कार्यालयका सामग्री जलेर नष्ट भएका छन्।

आइतबार राति करिब २ बजे गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी सुरु भएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय नरवीर थापाले जानकारी दिए।

आगलागी हुँदा भवनमा गाउँपालिकाका केही कर्मचारीसमेत बसिरहेका थिए। नजिकै रहेको प्रहरी चौकी र स्थानीयवासी तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट भवनमा ठूलो क्षति पुगेको बताइएको छ।

गाउँपालिका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार आगलागीको कारण यकिन भइसकेको छैन। प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि विस्तृत अनुसन्धानपछि मात्रै कारण खुल्ने उनले बताए।

आगलागीबाट जिन्सी शाखा पूर्णरूपमा जलेको छ। शाखामा राखिएका अधिकांश श्रेस्ता तथा महत्वपूर्ण कागजात नष्ट भएका छन्। लेखा शाखा र न्यायिक समितिको सचिवालयमा रहेका कागजातसमेत जलेर क्षति भएको सार्कीले जानकारी दिए।

गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त प्रशासनिक भवन जिल्लाकै नमुना भवनका रूपमा निर्माण गरिएको थियो। भवनको तल्लो तलामा जिन्सी शाखालगायतका कार्यालय तथा माथिल्लो तलामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए।

स्थानीयवासीका अनुसार रातिको समयमा आगलागी भएकाले घटना केही ढिलो गरी थाहा भएको थियो। प्रारम्भिक अनुमानमा जिन्सी शाखामा राखिएका ब्याट्री पड्किएपछि आगलागी भएको हुनसक्ने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार घटनाको वास्तविक कारण यकिन गर्न कार्यालयमा जडान गरिएको सीसीटीभीको फुटेजसमेत हेरेर अनुसन्धान गरिनेछ।

आगलागीबाट गाउँपालिका भवनको विद्युत् तार तथा बल्बहरूमा समेत क्षति पुगेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

Nepali Leader Urges Unity for Rescue Efforts Post-Devastation

A Strong Welfare State Changes the Meaning of Unemployment

Ridley Scott’s ‘The Dog Stars’ Criticized for Lackluster Postapocalyptic Thrills

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu