काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेकाले आज भदौ ८ गते ११ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी र बागलुङमा आकस्मिक बाढीको जोखिम रहेको छ।
यी जिल्लाबाट बग्ने साना तथा ठूला नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी तथा खोला आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
ठूला नदीमा पनि बहाव बढ्ने सम्भावना
दूधकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीलगायतका नदीमा समेत पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै कमजोर भूभागमा पहिरोको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तथा खोला किनारमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्